लन्डनमा हराएका सुशान ओलीको शव भेटिएको पुष्टि
लन्डन । केही दिनअघि लन्डनबाट हराएका नेपाली विद्यार्थी सुशान ओलीको शव फेला परेको परेको छ । गत अप्रिल २३ तारिखदेखि लन्डनबाट सम्पर्कविहिन सुशानको शव अप्रिल २८ मा लन्डन थेम्स नदीमा फेला परेको बेलायती प्रहरीलाई उदृत गर्दै लन्डनको नेपाली दूतावासले पुष्टि गरेको छ । यसअघि सुशान सम्पर्कविहिन भएकै दिन उनको मोबाइल, पासपोर्ट, पर्ससहितका सामग्री लन्डन सदर्कस्थित […]

लन्डन । केही दिनअघि लन्डनबाट हराएका नेपाली विद्यार्थी सुशान ओलीको शव फेला परेको परेको छ ।
गत अप्रिल २३ तारिखदेखि लन्डनबाट सम्पर्कविहिन सुशानको शव अप्रिल २८ मा लन्डन थेम्स नदीमा फेला परेको बेलायती प्रहरीलाई उदृत गर्दै लन्डनको नेपाली दूतावासले पुष्टि गरेको छ ।
यसअघि सुशान सम्पर्कविहिन भएकै दिन उनको मोबाइल, पासपोर्ट, पर्ससहितका सामग्री लन्डन सदर्कस्थित थेम्स नदीको पुलमा भेटिएका थिए । त्यसपछि प्रहरीले थेम्स नदी आसपासमै केन्द्रित भएर उनको खोजीलाई अघि बढाएको थियो ।
प्रहरीको खोजीका क्रममा गत अप्रिल २८ का दिन थेम्स नदीमा सुशानसंग मिल्दोजुल्दो एक युवकको शव भेटिएको थियो । उक्त शव सुशानको हुन सक्ने आशंका गरेपनि प्रहरीले पुष्टि भने गरेको थिएन ।
लन्डनको नेपाली दूतावासको सहयोगमा नेपालबाट ‘फिन्गरप्रिन्ट’ मगाएर अनुसन्धान गर्दा भने उक्त शव सुशानकै रहेको निष्कर्षमा बेलायती प्रहरी पुगेको हो ।
दूतावासका प्रवक्ता विपिन दुवाडीका अनुसार प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सुशानको मृत्युका पछि अरु कसैको संलग्नताको आशंका नगरिएको जानकारी दिएको छ ।
रुकुम पश्चिमको मुसिकोट घर भएका सुशान यहाँको कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनका लागि करिब एक वर्षअघि मात्रै बेलायत आएका थिए ।
लन्डन दूतावासले सुशानको शवलाई नेपाल पठाउने विषयमा उनको परिवारसंग सल्लाह गरी उनीहरुको सल्लाहमा प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।
बेलायतमै रहेका सुशानका केही साथीभाइ र आफन्तले भने उनको शव नेपाल पठाउन आवश्यक रकम जम्मा गर्ने उद्धेश्यले सहयोग संकलन अभियान शुरु गरिसकेका छन्।
What's Your Reaction?






