बेलायती राजासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको उपलक्ष्यमा दूतावासमा ‘रिसेप्सन’ (फोटो फिचर)

लन्डन– बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेको खुशीयालीमा शुक्रबार दूतावासमा रिसेप्सन गरिएको छ । स्वागत मन्तव्य दिने क्रममा राजदूत घिमिरेले 
राजा चार्ल्ससंगको भेटमा भएको कुराकानी उल्लेख गर्दै राजा चार्ल्समा नेपाल र नेपाली जनताप्रति माया, सद्भाव रहेको पाएको बताए । उनले आफूसंगको वार्तामा राजाले नेपाल भ्रमणका अविष्मरणीय क्षण स्मरण […]

May 3, 2025 - 09:47
 0
बेलायती राजासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको उपलक्ष्यमा दूतावासमा ‘रिसेप्सन’ (फोटो फिचर)

लन्डन– बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेको खुशीयालीमा शुक्रबार दूतावासमा रिसेप्सन गरिएको छ ।

स्वागत मन्तव्य दिने क्रममा राजदूत घिमिरेले 
राजा चार्ल्ससंगको भेटमा भएको कुराकानी उल्लेख गर्दै राजा चार्ल्समा नेपाल र नेपाली जनताप्रति माया, सद्भाव रहेको पाएको बताए । उनले आफूसंगको वार्तामा राजाले नेपाल भ्रमणका अविष्मरणीय क्षण स्मरण गर्दै नेपालको सहयोगमा बेलायतको साथ सधैं रहिरहने प्रतिवद्धता दोहोरयाएको जनाए ।

बिहीबार बकिङ्घम दरबारमा एक औपचारिक समारोहबीच राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजाले नेपालको विकास प्राथमिकता र यसको प्रगतिका लागि समर्थन समेत जनाएको राजदूतले बताए ।

राजा चार्ल्सले सन् १८१६ मा स्थापित बेलायत नेपालबीच २०९ वर्ष लामो कूटनीतिक सम्बन्ध स्मरण गर्दै अझ राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिंदै नेपालको सामाजिक–आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।

प्रमुख अतिथी असिस्टेन्ट मार्सल अफ द डिप्लोम्याटिक कप्र्स एलनोर म्याक्यूले राजदूत घिमिरेलाई बधाई दिंदै बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र बेलायती सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरिन् । उनले राजाले गरेको नेपाल भ्रमण र उनको नेपाल प्रेमबारे पनि बताएकी थिइन् ।

सन् १९३४ मा लन्डनमा नेपालको पहिलो कूटनीतिक मिसन स्थापना भएयता घिमिरे बेलायतका लागि २३ औं नेपाली राजदूत हुन् । उनले गत जनवरीमा आफ्नो कार्यभार सम्हालेका थिए ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सञ्चालन गरेको उक्त समारोहमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, बेलातयस्थित विभिन्न मुलुकका राजदूत, हाइ कमिसनर, बेलायत सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपाली समुदायका गन्यमान्य व्यक्तित्व लगायतको उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register