बेलायती दूतावासले मनायो राजा चार्ल्सको जन्मदिन

काठमाडौं । नेपालस्थित बेलायती दूतावासले राजा चार्ल्स तृतीयको जन्मोत्सव मनाएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी दूतावासले चार्ल्सको जन्मोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै नेपालका लागि बेलायती राजदूत रब फेनले नेपाल र नेपालीले देखाएको लामो मित्रताको खुलेर प्रशंसा गरे र निरन्तर बढ्दै जानेमा विश्वास व्यक्त गरेका छन् । फेनले थपे, “नेपालको प्रगतिले विश्वव्यापी […]

May 3, 2025 - 09:54
 0
बेलायती दूतावासले मनायो राजा चार्ल्सको जन्मदिन

काठमाडौं । नेपालस्थित बेलायती दूतावासले राजा चार्ल्स तृतीयको जन्मोत्सव मनाएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी दूतावासले चार्ल्सको जन्मोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै नेपालका लागि बेलायती राजदूत रब फेनले नेपाल र नेपालीले देखाएको लामो मित्रताको खुलेर प्रशंसा गरे र निरन्तर बढ्दै जानेमा विश्वास व्यक्त गरेका छन् ।

फेनले थपे, “नेपालको प्रगतिले विश्वव्यापी ध्यान आकर्षित गरिरहेको छ । लन्डनमा वित्तदाताहरूले नेपाललाई लगानीको लागि एक आकर्षक गन्तव्यको रूपमा कुरा गर्न थालेका छन् । उनीहरूसँग नेपालप्रति भावनात्मक लगाव छ, जुन हालै सम्पन्न अधिराजकुमार-अधिराजकुमारीको शानदार भ्रमणबाटले पनि ताजा गराएको छ ।”

बेलायतका अधिराजकुमार-अधिराजकुमारीको हालसालैको भ्रमणपछि आयोजना गरिएको यो कार्यक्रमले नेपाल र बेलायत बीचको अद्वितीय सम्बन्धलाई फेरी एक पटक झल्काएको विश्वास छ ।

कार्यक्रममा नेपालका वरिष्ठ सरकारी अधिकारी, शिक्षाविद्, चिभिनिङ्गअन्तर्गत बेलायतमा अध्ययन गरेका पूर्वविद्यार्थी, विकास साझेदार, कूटनीतिक समुदाय र मिडियाका सदस्यहरूको सहभागिता थियो ।

बेलायती राजाको जन्मदिनलाई बेलायतको राष्ट्रिय दिवस मनाउने दिनको रूपमा पनि चिनिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register