ट्रम्पले दिए विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्ने आदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्काट्राज जेल पुन: खोल्न र विस्तार गर्न आदेश दिएका छन् । “धेरै लामो समयदेखि अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरूले ग्रस्त छ,” ट्रम्पले आइतबार आफ्नो ट्रुथआउट सामाजिक साइटमा लेखेका छन्, “अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरू” को लागि अल्काट्राज जेल खोल्ने आदेश दिएको छु ।” उनले थपे, “अल्काट्राजको पुन: […]

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्काट्राज जेल पुन: खोल्न र विस्तार गर्न आदेश दिएका छन् ।
“धेरै लामो समयदेखि अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरूले ग्रस्त छ,” ट्रम्पले आइतबार आफ्नो ट्रुथआउट सामाजिक साइटमा लेखेका छन्, “अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरू” को लागि अल्काट्राज जेल खोल्ने आदेश दिएको छु ।”
उनले थपे, “अल्काट्राजको पुन: उद्घाटन कानुन, व्यवस्था र न्यायको प्रतीक हुनेछ ।”
अल्काट्राज जेल एउटा टापुमा अवस्थित छ । यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ, जुन सन् १९६३ मा बन्द गरिएको थियो ।
अल्काट्राज टापु हाल पर्यटकीय गन्तव्यको रूपमा सञ्चालनमा छ । यो सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै अवस्थित छ । -बीबीसीबाट
What's Your Reaction?






