इजरायली आक्रमणबाट गाजामा ४४ जनाको मृत्यु

गाजा । इजरायली आक्रमणमा परी गाजा पट्टीमा बिहीबार कम्तीमा ४४ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । दुई महिनाभन्दा लामो नाकाबन्दीपछि अन्ततः गाजामा सहायता फिर्ता आउन थालेको छ, तर १८ महिनाको विनाशकारी युद्धपछि मानवीय स्थिति अझै भयावह छ। खाद्य सुरक्षा विज्ञहरूका अनुसार हरेक पाँचमध्ये एक जना भोकमरीको चपेटामा परेका छन् । सन् २०२३ को अक्टोबर […]

May 29, 2025 - 14:11
 0
इजरायली आक्रमणबाट गाजामा ४४ जनाको मृत्यु

गाजा । इजरायली आक्रमणमा परी गाजा पट्टीमा बिहीबार कम्तीमा ४४ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।

दुई महिनाभन्दा लामो नाकाबन्दीपछि अन्ततः गाजामा सहायता फिर्ता आउन थालेको छ, तर १८ महिनाको विनाशकारी युद्धपछि मानवीय स्थिति अझै भयावह छ। खाद्य सुरक्षा विज्ञहरूका अनुसार हरेक पाँचमध्ये एक जना भोकमरीको चपेटामा परेका छन् ।

सन् २०२३ को अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि इजरायली सेनाले पनि हमासको विनाशका लागि नयाँ प्रयास गरेको भन्दै उक्त क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएको छ ।

‘इजरायली आक्रमणमा ४४ जनाको मृत्यु भएको छ, जसमा २३ जना अल–बुरेजस्थित एक घरमा भएको आक्रमणमा मारिएका छन्, गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भने, ‘दक्षिणी गाजा पट्टीको मोराग क्षेत्रमा रहेको अमेरिकी सहायता केन्द्र नजिकै बिहीबार बिहान इजरायली सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् ।

अमेरिका समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)द्वारा सञ्चालित यो केन्द्र हमासको हातबाट आपूर्तिलाई टाढा राख्नको लागि सहायता वितरणको लागि नयाँ प्रणालीको एक हिस्सा हो । संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घबाट यसको आलोचना भएको छ।

‘हामीमाथि जे भइरहेको छ, त्यो अपमानजनक छ। भीडले हामीलाई अपमानित गरिरहेको छ,’ बिहीबार जीएचएफ केन्द्रको भ्रमण गरेकी गाजाकी स्थानीय सोभी अरिफले भनिन्, ‘आफ्ना बच्चाहरूलाई खुवाउनका लागि एक बोरा मैदा प्राप्त गर्न हामी त्यहाँ जान्छौँ र हाम्रो जीवनलाई जोखिममा पार्छौँ ।’

इजरायली सेनाले अल–बुरेज र सहायता केन्द्र नजिकै भएको मृत्युको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले भनेको छ, ‘बुधबार गाजा पट्टीमा दर्जनौँ आतङ्कवादी अखडामा आक्रमण गरेको जनाएको छ ।’

युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग बिहीबार भएको टेलिफोन वार्तामा जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलको ‘व्यवस्थित भोकमरी रणनीतिले सबै नैतिक र कानुनी सीमा नाघेको’ बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register