भाजपा नेता विजय चौथाईवालेले भेटे गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा बुधबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार काठमाडौं आएका हुन् । उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका […]

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा बुधबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।
तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार काठमाडौं आएका हुन् । उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका नेताहरु, मधेसी मोर्चाका नेताहरुसँग भेटघाट गर्ने बताइएको छ ।
नेपालका सबै राजनीतिक दलहरुसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।
What's Your Reaction?






