रुस–युक्रेन शान्तिका लागि ट्रम्प र पुटिनबीच दुई घण्टा लामो फोन वार्ता

काठमाडौं । रुस र युक्रेनबीच युद्ध विरामका लागि पहल गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्प र पुटिनबीच फोनमा दुई घण्टा लामो वार्ता भएको छ । यो वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच युद्ध विरामभन्दा पनि युद्ध समाप्तका लागि छिट्टै वार्ता गर्ने बताएका […]

May 20, 2025 - 06:15
 0
रुस–युक्रेन शान्तिका लागि ट्रम्प र पुटिनबीच दुई घण्टा लामो फोन वार्ता

काठमाडौं । रुस र युक्रेनबीच युद्ध विरामका लागि पहल गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्प र पुटिनबीच फोनमा दुई घण्टा लामो वार्ता भएको छ । यो वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच युद्ध विरामभन्दा पनि युद्ध समाप्तका लागि छिट्टै वार्ता गर्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘राम्रो कुराकानी भयो । रुस र युक्रेनले युद्ध विराम र त्योभन्दा पनि आवश्यक युद्ध अन्त्यका लागि तुरुन्त वार्ता गर्नेछन् । यसका सर्तहरू दुवैपक्षबीच हुने सम्झौताले तय गर्नेछ ।’

ट्रम्पले पुटिनसँग भएको वार्ताबारे युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई जानकारी दिएको बताएका छन् । उनले युरोपीय आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयेन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो, इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रिड्रिख मर्त्ज र फिनल्यान्डका राष्ट्रपति एलक्जेन्डर स्टबलाई पनि यो वार्ताबारे जानकारी दिएको बताएका छन् ।

ट्रम्पसँगको वार्तापछि रुसी राष्ट्रपति पुटिनले रुस शान्तिका लागि सम्झौताबारे छलफलका लागि तयार रहेको बताएका छन् । उनले सम्झौताका सर्तबारे भने केही स्पष्ट पारेका छैनन् । तर, उनले संकटको मुख्य कारणहरूको सम्बोधन हुनुपर्ने बताएका छन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि युक्रेन, रुस, अमेरिका, युरोपीय संघका देशका साथै बेलायतबीच एक उच्चस्तरीय बैठकबारे सोचिरहेको बताएका छन् । उनले यो मामिलाबाट अमेरिकाले आफूलाई टाढा राख्न नहुने पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register