यातायात कार्यालय झापाले उठायो ८२ करोड १६ लाख

झापा, २२ बैशाख । यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१–८२ को नौ महिनामा रु ८२ करोड १६ लाख ४८ हजार चार सय दुई राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व सङ्कलन गरेको हो । चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलन [...] The post यातायात कार्यालय झापाले उठायो ८२ करोड १६ लाख appeared first on Jhapa Online.

May 5, 2025 - 08:02
 0
यातायात कार्यालय झापाले उठायो ८२ करोड १६ लाख

झापा, २२ बैशाख । यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१–८२ को नौ महिनामा रु ८२ करोड १६ लाख ४८ हजार चार सय दुई राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व सङ्कलन गरेको हो ।

चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलन बापत रु ६९ करोड छ लाख २२ हजार पाँच सय ४२, यातायात क्षेत्रको आम्दानी बापत रु ९६ लाख ६० हजार छ सय ६७, सवारी चालक अनुमति पत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत रु १२ करोड १२ लाख ८९ हजार छ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

चालु आवको नौ महिनामा जिल्लामा नौ हजार नौ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए । उनका अनुसार गत आव २०८०र८१ को अन्त्यसम्ममा जिल्लामा दुई लाख छ हजार आठ सय ८४ सवारी साधन दर्ता रहेका थिए ।

कार्यालय प्रमुख सापकोटाका अनुसार चालु आवको नौ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल तीन हजार दुई सय ३६ दर्ता भएका छन् । यसै गरी ई–रिक्सा दुई हजार पाँच सय ४९, स्कुटर दुई हजार तीन सय ४५, ई–स्कुटर पाँच सय ७९, कार एक सय ८०, ट्र्याक्टर एक सय ७६, जिप एक सय ६८, बस एक सय आठ, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स चार वटा नयाँ दर्ता भएका छन् ।

The post यातायात कार्यालय झापाले उठायो ८२ करोड १६ लाख appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register