मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौँ। मधेश प्रदेश सरकारले सीता जयन्ती र कबिर दास जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जानकी नवमी अर्थात् सीता जयन्तीका दिन यही वैशाख २३ गते मङ्गलबार र कबिर दास जयन्तीका दिन (आगामी जेठ २८ गते) सार्वजनिक बिदा दिने निर्णय भएको हो । (आज बिहानको सेवामा सम्प्रेषित मधेस प्रदेशको ‘सार्वजनिक बिदाको सूचना’ सम्बन्धी […]

May 5, 2025 - 12:21
 0
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौँ।

मधेश प्रदेश सरकारले सीता जयन्ती र कबिर दास जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जानकी नवमी अर्थात् सीता जयन्तीका दिन यही वैशाख २३ गते मङ्गलबार र कबिर दास जयन्तीका दिन (आगामी जेठ २८ गते) सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

मधेश प्रदेश सरकारले यसअघि गत चैत २२ गते राजपत्र प्रकाशित गरी सार्वजनिक गरेको सार्वजनिक बिदा सूचीमा दुई दिन थप गरेको जनाएको छ । 

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनामा मधेश प्रदेशमा थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । 

(आज बिहानको सेवामा सम्प्रेषित मधेस प्रदेशको ‘सार्वजनिक बिदाको सूचना’ सम्बन्धी समाचारमा असावधानीवश अन्यथा हुन गएकाले सच्याएर पुनः प्रकाशित गरिएको छ ।)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register