नेपाल एसबिआई बैंकले चौदण्डीगढी नगरपालिकामा वितरण गर्यो सिसिटीभी

काठमाडौँ। नेपाल एसबिआई बैंकले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा सिसिटीभी हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको हो । बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाका उप-मेयर मनिका देवी दुलाललाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा […]

Jun 20, 2025 - 12:41
 0
नेपाल एसबिआई बैंकले चौदण्डीगढी नगरपालिकामा वितरण गर्यो सिसिटीभी

काठमाडौँ। नेपाल एसबिआई बैंकले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा सिसिटीभी हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको हो ।

बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाका उप-मेयर मनिका देवी दुलाललाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति थियो । बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १-शाखा, २२ एक्स्टेन्सन काउन्टर, १-शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register