लन्डनका समाजसेवी आचार्यले जन्मदिनमा गरिव असहायलाई गराए भोजन

लन्डन । ६ असार शुक्रबार, तदनुसार २० जुन उनी जन्मिएको दिन । बिहान सबेरै उठेर ९१ वर्षकी वृद्धा आमाको आर्शीवाद लिए । त्यसपछि दीक्षा चापागाईंको पवित्र समाज सेवा नेपाल, बुढानिलकण्ठ पुगे । त्यहां पुगेर पवित्र समाज सेवा नेपालमा आश्रित गरिव, असहाय बालबालिका तथा वृद्धवृद्धालाई दिवाभोज गराए । दीक्षाले उनको जन्मदिनमा केक काटेर नाचगानसहित सेलेब्रेसन चांजो […]

Jun 20, 2025 - 22:45
 0
लन्डनका समाजसेवी आचार्यले जन्मदिनमा गरिव असहायलाई गराए भोजन

लन्डन । ६ असार शुक्रबार, तदनुसार २० जुन उनी जन्मिएको दिन । बिहान सबेरै उठेर ९१ वर्षकी वृद्धा आमाको आर्शीवाद लिए । त्यसपछि दीक्षा चापागाईंको पवित्र समाज सेवा नेपाल, बुढानिलकण्ठ पुगे । त्यहां पुगेर पवित्र समाज सेवा नेपालमा आश्रित गरिव, असहाय बालबालिका तथा वृद्धवृद्धालाई दिवाभोज गराए ।

दीक्षाले उनको जन्मदिनमा केक काटेर नाचगानसहित सेलेब्रेसन चांजो मिलाइन् ।

लन्डनका स्थायी बासिन्दा अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष, नेपलिज सेफ एसोसिएसन यूके र पर्वत वेलफेयर सोसाइटी यूकेका पूर्व अध्यक्ष दधि आचार्य यसपटक जन्मदिनमा आफ्नै मातृभूमि पुगे त्यो पनि वृद्धा आमाको साथ ।

मानिसहरु जन्मदिन मनाउन लाखौं रुपैयां खर्च गर्छन् । मठमन्दिर पुगेर भगवानसंग अझ धेरै माग्छन् । तर, दधि तामझाम र रमाइलोबाट टाढै रहेर बरु गरिव, असहायको मनमा खुशीको वहार ल्याउन सामान्य ढंगले बर्थ डे मनाए ।

‘बिहानै उठेर आमालाई ढोगें, आर्शीवाद लिएं । पछि असहाय वालवालिका र वृद्धवृद्धाको सामिप्यमा पुगें’, आचार्यले भने, ‘मन्दिरमा भगवान भेटिन्छ कि भेटिन्न कुन्नी । म मन्दिर भन्दा ति बालबालिका र आमाकहां पुगें जो मेरा लागि भगवान हुन् । उनीहरुबाटै मैले धेरै आर्शीवाद पाएको छु ।’

मिडिया ‘लाइमलाइट’ मा हत्तपत्त आउन नचाहने तर भित्रभित्रै च्यारिटी गरिरहने सामाजिक अभियन्ता एवं मठमन्दिर संरक्षण संवर्धन अभियन्ता आचार्यले गरेका सहयोग लिष्ट लामो छ ।

आचार्यले पर्वत जलजला ७ धाइरिङ, धारापानीमा अवस्थित त्रिवि अन्तर्गत धवलागिरी बहुमुखी क्याम्पसको श्री धर्मनाथ विज्ञान स्मृति छात्रवृत्ति कोषका लागि दुई लाख एक हजार एकसय १५ रुपैयां प्रदान गरेका छन् । उनले महिला तथा वाल विकास मञ्च नेपाल, कीर्तिपुरको भवन निर्माणदेखि केयर चाइल्ड अर्फानेज र अभियन्ता माया थामीको सामाजिक संस्था दृष्टिविहीन आमाघरलाई पनि आर्थिक सहयोग गरेका छन् ।

गत वर्ष काठमाडौंको सडकमा कोही र केही नहुने दाजुभाई दिदीबहिनीलाई आचार्यले धर्मपत्नी राधिका आचार्यका साथ भाइ टिका लगाइदिएर दक्षिणा प्रदान गरे ।

आचार्य धर्मपत्नी राधिकाका साथ

बेलायतबाट लास पठाउनेदेखि अन्य विभिन्न आपतविपतमा पीडितलाई सहयोग गर्न उनी सधैं अग्रपंक्तिमा रहन्छन् ।

आचार्य अध्यक्ष रहेकै बेला नेपलिज सेफ एसोसिएसन यूकेले धादिङ निलकण्ठ, धुवांकोटस्थित तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय बनाउन १० लाख रुपैयां नेपाल पठायो ।

उता, पर्वत वेलफेयर सोसाइटीको अध्यक्ष रहंदा आचार्यले पर्वत सदरमुकाम कुश्मास्थित विद्यालयमा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि १० लाख रुपैयांको अक्षयकोष स्थापना गरे ।

धार्मिक आस्था, मठमन्दिर संरक्षण संवर्धन अभियन्ता आचार्यले देवालय शिवालय वराय धाइरिङलाई पनि निरन्तर सहयोग गर्दै आएका छन् ।

गत वर्ष पशुपति क्षेत्र, हंसमण्डप, काठमाडौंमा श्रावण ०१ देखि ३२ गतेसम्म आयोजित ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ मा सहयोग गरेपछि उनी सम्मानित पनि भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register