इरानमा अमेरिकी हमलाप्रति राष्ट्रसङ्घको चिन्ता-अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा  खतरा

काठमाडौं । इरानका आणविक स्थलहरूमा संयुक्त राज्य अमेरिकाले गरेको सैन्य कारबाहीप्रति संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेको छ। अमेरिकाले  शनिबाराति इरानका आणविक स्थलमा बम हमला गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत चिन्ता व्यक्त  गरेका हुन्। उनले यसलाई ‘खतरनाक वृद्धि’ र ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा प्रत्यक्ष खतरा’ भनेका छन् । गुटेरेसले एक्समा लेखेका  छन्, […]

Jun 22, 2025 - 05:02
 0
इरानमा अमेरिकी हमलाप्रति राष्ट्रसङ्घको चिन्ता-अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा  खतरा

काठमाडौं । इरानका आणविक स्थलहरूमा संयुक्त राज्य अमेरिकाले गरेको सैन्य कारबाहीप्रति संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

अमेरिकाले  शनिबाराति इरानका आणविक स्थलमा बम हमला गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत चिन्ता व्यक्त  गरेका हुन्। उनले यसलाई ‘खतरनाक वृद्धि’ र ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा प्रत्यक्ष खतरा’ भनेका छन् ।

गुटेरेसले एक्समा लेखेका  छन्, “आज संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध बल प्रयोग गरेकोमा म गम्भीर रूपमा चिन्तित छु। यो पहिले नै सङ्कटको संघारमा रहेको यस क्षेत्रमा एउटा खतरनाक वृद्धि हो  र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा प्रत्यक्ष खतरा हो।”

उनले अगाडि लेखेका छन्, ‘यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्ने डर बढ्दै गएको छ। यसले नागरिक, सम्पूर्ण क्षेत्र र विश्वलाई ठूलो क्षति पुर्‍याउन सक्छ।’

उनले सदस्य राष्ट्रहरूलाई तनाव कम गर्न र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनका अन्य नियमहरू अन्तर्गतका आफ्ना दायित्वहरू पूरा गर्न आह्वान गरेका छन्। उनले भनेका छन्, “यो खतरनाक घडीमा, अराजकताको सर्पिलबाट बच्न महत्त्वपूर्ण छ।”

उनले   यस द्वन्द्वको कुनै सैन्य समाधान नभएको स्पष्ट पार्दै भनेका छन्, ‘अगाडिको एक मात्र बाटो कूटनीति हो। एक मात्र आशा शान्ति हो।’  उनले समस्याको समाधानका लागि वार्ता र शान्तिपूर्ण माध्यम नै एक मात्र विकल्प भएकोमा जोड दिएका छन् ।

I am gravely alarmed by the use of force by the United States against Iran today. This is a dangerous escalation in a region already on the edge – and a direct threat to international peace and security.

There is a growing risk that this conflict could rapidly get out of…

— António Guterres (@antonioguterres) June 22, 2025

इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले शनिबारराति बम हमला गरेको हो। इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। उनले इरान शान्तिको बाटोमा नआए अरु ठाउँमा पनि आक्रमण गर्ने चेतावनी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register