त्रिवि क्रिकेट मैदानमा प्यारपिट र फ्लडलाइट जडान दुई महिनाभित्र सक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य आगामी दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । वैशाख २४ गतेभित्र निर्माण सम्पन्न गर्ने यसअघिको […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य आगामी दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।
तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।
वैशाख २४ गतेभित्र निर्माण सम्पन्न गर्ने यसअघिको समयसीमाभित्र निर्माण कार्य अपुरो रहेकोमा प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । ‘कुन लापरबाही, कमजोरी वा के कारणले निर्माण समयमा हुन सकेन र अब कति दिनमा गुणस्तरीय काम पुरा हुन्छ भन्ने यकिन गरी आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गर्नु,’ प्रधानमन्त्री ओलीको निर्देशन छ ।
सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा प्रधानमन्त्री ओलीले निर्माण कम्पनीका प्रतिनिधिलाई समेत राखेर मुख्य सचिव,सहरी विकास मन्त्रालयका सचिव लगायतसँग छलफल गरेका थिए ।

निर्माण कम्पनीका प्रतिनिधिले एलसी खोल्ने प्रक्रियामा ढिलाइ भएको जस्ता कारणले सम्झौतामा तोकिएको अवधिमा काम हुन नसकेको स्वीकार्दै एक महिनामा काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
छलफलमा प्यारापिटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको जानकारी प्रधानमन्त्री ओलीलाई गराइएको छ । । प्यारापिटका लागि रु ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई र फ्लडलाइटका लागि रु ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो ।
What's Your Reaction?






