राष्ट्रिय स्वतन्त्र पार्टी अन्य राजनीतिक पार्टी भन्दा फराक किन छ ?
सृजन अधिकारीपछिल्लो समय निराश रहेका जनतामा एउटा आशाको किरण झल्काउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैली नितान्त फरक छ। राजनीतिक पार्टी राजनतिक बिचार पद्धति द्वारा संचालित हुने गर्द छ। प्रजातान्त्रिक अभ्यास, सुधारीएको संघिय लोकतान्त्रिक बेवस्था, जनता बाट निर्वाचित हुने परिपाटी लाइ रास्वपाले गत निर्वाचन मार्फत अभ्यास गरिसकेको छ। गत निर्वाचनमा संसदमा प्रवेश गरे संगै संसदमा जनताको [...] The post राष्ट्रिय स्वतन्त्र पार्टी अन्य राजनीतिक पार्टी भन्दा फराक किन छ ? appeared first on Jhapa Online.

सृजन अधिकारी
पछिल्लो समय निराश रहेका जनतामा एउटा आशाको किरण झल्काउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैली नितान्त फरक छ। राजनीतिक पार्टी राजनतिक बिचार पद्धति द्वारा संचालित हुने गर्द छ। प्रजातान्त्रिक अभ्यास, सुधारीएको संघिय लोकतान्त्रिक बेवस्था, जनता बाट निर्वाचित हुने परिपाटी लाइ रास्वपाले गत निर्वाचन मार्फत अभ्यास गरिसकेको छ। गत निर्वाचनमा संसदमा प्रवेश गरे संगै संसदमा जनताको पक्क्ष्यमा रास्वपाले आवाज बुलन्द गरिरहेको छ। रस्वपा किन पनि फरक छ भने तत्कालिन समानुपातिक संसद ढाका कुमार श्रेष्ठलाइ मेडीकल ब्यवाशाइ दुर्गा प्रसाई सगको अनैतिक आथिक लेनदेनको बिषलाइ लिएर ७२ घण्टा भित्र कारबाही गरेर अन्य पार्टी भन्दा अलग रहेको पहिचान स्थापित गरिसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने अमेरिकी नागरिकता त्यागेको बिषय र उक्त समयमा उनि अनागरिक बनेको अवस्था पछि पुनह चितवन २ बाट उनलाई निर्वाचित हुन निर्वाचन आयोगले अनुमति दिए पछि पुनः चितवन बाट भारि मतान्तरले रस्वापा सभापति निर्वाचित हुनु पनि रास्वपाको राजनीतिक उपलभ्दी हो। पुराना पार्टी हरुले गठन गरेको संयुक्त सरकारले हाल रास्वपा सभापतिलाइ सहकारीको बिसय लै लिएर हिराशतमा राखेका छन। सहकारी बट रिण लिन आवेदन पनि न दिइएका, संचालक समितिमा पनि न रहेका रबि लामिछानेलाइ राज्यले प्रतिशोदको रुपमा जेलमा राख्ने जुन् दुष्कर्म गरेको छ तेस्लाई जनताले नजिक बट हेरिरहेका छन। देशको चौथो ठुलो राजनीतिक पार्टीका सभापति सग दसकौ राजनीतिक इतिहास बोकेका राजनीतिक पार्टी हरु नेकपा एमाले र नेपलि काँग्रेसका नेतृत्व हरु त्रशित अवस्था छ। ‘कुनै समय बेवस्था परिवर्तन भन्दै राजाको बिरुद्ध एक हुने राजनीतिक पार्टी आज रबि लामिछानेका बिरुद्ध एक भएका छन ।’ त्यसकारण पनि रास्वपा राजनीतिक अभ्यासमा अन्य पार्टी भन्दा फरक छ।
जब राष्ट्रिय प्रजातन्त्र पार्टीले संघियता नमान्ने भनेर घोसणा गरेर चुनावमा प्रदेश सभामा उमेद्वारी दिएको जनताले देखि रहेका छन राजनतिक इमान्दारिताको हकमा भने रास्वपाले गएको प्रदेश सभाको चुनावमा कसैलाई पनि उमेद्वार नबन्ने अवस्था सृजाना गर्यो जसले जनतामाझ बिस्वासको वाताबरण अझ मजबुद बनाउन रास्वपाले राजनीतिक इमान्दारिता कायम गरेको थियो त्यसकारण पनि रास्वपा अन्य राजनीतिक पार्टी हरु भन्दा पृथक रहयो।
आगामी निर्वाचनको राष्ट्रिय स्वतन्त्र पार्टीले व्यापक तयारी गर्नु पर्ने छ। स्थानीय निकायको निर्वाचन, परतिनिधिसभाको निर्वाचनमा प्रभावशाली उपस्थिथि जनौना र चुनाब जित्न पनि राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक इम्मान्दारिता कायम राख्नु पर्छ र अन्य राजनीतिक पार्टी हरु भन्दा फरक पहिचान कायम राख्न सक्नु पर्छ।
बैकल्पिक राजनीतिको प्रभावशाली उपस्थीति जनाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी अन्य राजनीतिक पार्टी भन्दा कसरि फरक छ?
१. प्रारम्भिक निर्वाचन प्रणाली
राज्यका कुनै पनि तहका निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी टिकट पार्टीका साधारण सदस्यहरुको मतदानबाट विजयी हुनेलाई मात्र दिइने छ । यस्ता मतदानमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गरी उम्मेदवार छान्न पाउने छन् । पार्टीका तर्फबाट हुने प्रधानमन्त्री, मुख्यमन्त्री पनि पार्टीकै साधारण सदस्यको मतबाट छानिने छ । यस्तै समानुपातिक निर्वाचन प्रणालीमा पनि साधारण सदस्यको मतदानबाट नामावली र क्रम संख्या तयार पारिनेछ । तर, कुनै पनि बहानामा कसैलाई ‘टीका’ लगाएर उम्मेदवारको टिकट भने दिइने छैन ।
२. भ्रातृ संगठनरहित
राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि किसिमको भ्रातृ संगठन हुँदैन । युवा, महिला, किसान, मजदुर, पेसागत नेपाली, व्यवसायी, आदिवासी, मधेसी, दलित, जनजाति, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम, अपांगता भएका व्यक्तिहरुलगायत सबैका आवश्यकता र मागलाई पार्टीका मूल संरचनाबाटै उठाइनेछ । नेपालीहरुलाई राजनीतिभन्दा आफ्नो कर्ममा तल्लीन हुन प्रोत्साहन गरिने छ ।भ्रातृ संगठनको निर्माण जुनसुकै उद्देश्यबाट भए पनि वर्तमान अवस्थामा त्यस्ता संगठन राजनीति गर्ने थलो बनेका छन् । जबकि, राजनीतिक पार्टीको मूल संरचनाबाटै राजनीति गर्न सम्भव छ । घरैपिच्छे नेता जन्माउने परिपाटीको अन्त्य गरी राजनीतिलाई सुसंस्कृत र सम्मानित बनाउनु हाम्रो मुख्य उद्देश्य हो ।
३। कार्यकर्तारहित
पार्टी सदस्यलाई मतदाता नामावलीमा नाम भएको र नभएको अर्थात् मतदाता परिचयपत्र भएरनभएको आधारमा प्रारम्भिक र साधारण सदस्यमा विभाजन गरिएको छ । मतदाता नामावलीमा नाम नभएकाहरुले नाम दर्ता गरेपश्चात् साधारण सदस्यमा बदलिने छ । अन्य पार्टीमा झैं सक्रिय, क्रियाशील, संगठित सदस्यलगायतका व्यवस्था गरिने छैन । पार्टीका सबै कार्यक्रममा सदस्यलाई स्वेच्छिक रुपमा भाग लिनेरनलिने अधिकार हुनेछ । तर, कार्यक्रममा भाग नलिएकै आधारमा कारबाही हुने छैन । यसर्थ हाम्रो पार्टी कार्यकर्तारहित पार्टी हो ।
४. बहुसंख्यक युवा
पार्टीको सबै तहमा, सम्भव भएसम्म ९५० प्लस १ प्रतिशत० को संख्यामा युवा ९४५ वर्ष वा ४५ वर्षभन्दा कम उमेरका० हुनेछन् ।
५. पार्टीको साधारण सदस्यता लिएका जो कोही नेपाली पनि सीधै सभापतिसम्म हुन पाउने
आफ्नो जीवनमा व्यावसायिक तथा व्यक्तिगत सफलता हासिल गरी राजनीति गर्न चाहने क्षमतावान् नेपालीलाई अन्य पार्टीमा सीधै नेतृत्व लिने अवस्था छैन । यस्तो अवस्थामा हाम्रो पार्टीको सदस्यता लिई सीधै पार्टीको सभापतिसम्म भएर नेतृत्व गर्ने अवसर सुनिश्चित गरिएको छ । पार्टी सभापतिको छनौट, पार्टीका सम्पूर्ण सदस्यहरुले मतदानमार्फत गर्नेछन् ।
६. पार्टी सदस्यमा नै सार्वभौमिकता निहीत
पार्टीका कुनै पनि तहको निणर्यलाई सदस्यको बहुमतले उल्ट्याउन सक्नेछ ।
७. पार्टी सदस्यलाई एजेन्डा, नीति तथा विचार उठाउने अधिकार
पार्टीका कुनै पनि सदस्यलाई पार्टीभित्र आफ्नो एजेन्डा उठाउने स्वतन्त्र अधिकार छ । त्यस्तो अधिकारको अनिवार्य रुपमा सुनवाइ हुनेछ । र, त्यस्ता एजेन्डा पारित भएमा उक्त एजेन्डा, नीति तथा विचार पार्टीको आधिकारिक एजेन्डा, नीति तथा विचार बन्नेछ ।
८. परिर्वतनशील नेतृत्व प्रणाली
पार्टीमा केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति र पालिका सभापति, दुई कार्यकालभन्दा बढी हुन पाइने छैन । उक्त कार्यकाल पार्टीको पहिलो महाधिवेशनपछि गनिनेछ ।
लेखक राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर समितिका सचिव हुनुहुन्छ ।
The post राष्ट्रिय स्वतन्त्र पार्टी अन्य राजनीतिक पार्टी भन्दा फराक किन छ ? appeared first on Jhapa Online.
What's Your Reaction?






