इजरायलले हमासलाई ‘कडा कारबाही’ गर्ने, लक्ष्य गाजा ‘कब्जा’

जेरुसेलम । इजारायलले प्यालेस्टिनी समूह हमासलाई कडा कारबाही गर्ने योजना अघि सारेको छ । आफ्नो लक्ष्य अब गाजा ‘कब्जा’ गर्ने रहेको इजरायलले स्पष्ट पारेको छ । यसका लागि इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हमासविरुद्धको सैन्य आक्रमण बिस्तार गर्ने योजनालाई अनुमोदनसमेत गरेको छ । एक इजरायली अधिकारीका अनुसार यसमा गाजा ’कब्जा’ गर्नु पनि समावेश छ । इजरायली प्रधानमन्त्री […]

May 6, 2025 - 05:37
 0
इजरायलले हमासलाई ‘कडा कारबाही’ गर्ने, लक्ष्य गाजा ‘कब्जा’

जेरुसेलम । इजारायलले प्यालेस्टिनी समूह हमासलाई कडा कारबाही गर्ने योजना अघि सारेको छ । आफ्नो लक्ष्य अब गाजा ‘कब्जा’ गर्ने रहेको इजरायलले स्पष्ट पारेको छ ।

यसका लागि इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हमासविरुद्धको सैन्य आक्रमण बिस्तार गर्ने योजनालाई अनुमोदनसमेत गरेको छ ।

एक इजरायली अधिकारीका अनुसार यसमा गाजा ’कब्जा’ गर्नु पनि समावेश छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मन्त्रिपरिषद्मार्फत हमासलाई नष्ट गर्न र बाँकी रहेका बन्धकलाई उद्धार गर्न ‘कडा कारबाही’ सुरु गर्ने निर्णय गरेको ती अधिकारीले बताए ।

गाजाका २१ लाख मानिसलाई ‘सुरक्षाका लागि’ अन्यत्र सारिने इजरायली योजना छ ।

मन्त्रिपरिषद्ले निजी कम्पनीहरूमार्फत सहयोग प्रदान गर्ने योजनालाई पनि सैद्धान्तिक स्वीकृति दिएको छ ।

यसले गाजामा दुई महिनादेखि जारी नाकाबन्दीको अन्त्य गर्नेछ । संयुक्त राष्ट्रसङ्घले गाजामा खाद्यान्नको गम्भीर अभाव भएको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register