२०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भत्काइने

एजेन्सी, १२ चैत । सन् २०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भनेर चिनिने अस्ट्रेलियाको प्रतिष्ठित ब्रिस्बेन क्रिकेट मैदान भत्काइने भएको छ । ओलम्पिकपछि ब्रिस्बेन क्रिकेट मैदान भत्काइने र ओलम्पिकका लागि ब्रिस्बेनको भिक्टोरिया पार्क क्षेत्रमा बनाइने ६० हजार सिट क्षमताको नयाँ रङ्गशालामा क्रिकेट सर्नेछ । क्वीन्सल्यान्ड क्रिकेट, एएफएल र ब्रिस्बेन लायन्ससँग मिलेर भिक्टोरिया पार्कमा रङ्गशाला निर्माण गर्ने [...] The post २०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भत्काइने appeared first on Jhapa Online.

Mar 25, 2025 - 10:15
 0
२०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भत्काइने

एजेन्सी, १२ चैत । सन् २०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भनेर चिनिने अस्ट्रेलियाको प्रतिष्ठित ब्रिस्बेन क्रिकेट मैदान भत्काइने भएको छ । ओलम्पिकपछि ब्रिस्बेन क्रिकेट मैदान भत्काइने र ओलम्पिकका लागि ब्रिस्बेनको भिक्टोरिया पार्क क्षेत्रमा बनाइने ६० हजार सिट क्षमताको नयाँ रङ्गशालामा क्रिकेट सर्नेछ ।

क्वीन्सल्यान्ड क्रिकेट, एएफएल र ब्रिस्बेन लायन्ससँग मिलेर भिक्टोरिया पार्कमा रङ्गशाला निर्माण गर्ने र यो महत्त्वपूर्ण लगानीले क्रिकेट प्रशंसक र क्वीन्सल्यान्डका नागरिकलाई दीर्घकालीन फाइदा पुर्‍याउने कुरा सुनिश्चित गर्न क्रिकेटले प्रमुख भूमिका खेल्ने क्रिकेट अस्ट्रेलियाको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२१ को जुलाईमा क्वीन्सल्यान्डको राजधानीलाई २०३२ को ग्रीष्मकालीन ओलम्पिक र प्यारालम्पिकको आयोजकत्व प्रदान गरिएको थियो । योसँगै सन् १९५६ को मेलबर्न र त्यसपछि २००० को सिड्नीपछि तेस्रो पटक ओलम्पिक अस्ट्रेलियामा फर्किन लागेको हो ।

गाब्बामा सन् १९३१ मा पहिलो टेस्ट क्रिकेट आयोजना भएको थियो । त्यस बेलादेखि गाब्बामा ६७ पुरुष र दुई महिला टेस्ट क्रिकेट खेलिएका छन् ।

The post २०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भत्काइने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register