सोलुदुधकुण्ड ६ का कृषकहरुलाई कृषि सामाग्री वितरण 

ओखलढुंगा ।  सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका कृषकहरुलाई विभिन्न कृषि सामाग्रीहरु वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का कृषि समूहका कृषकहरु र फर्म सञ्चालक कृषकहरुलाई विभिन्न कृषि सामाग्री वितरण गरिएको हो । प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सङ्घीय सरकारको शर्सत अनुदान, नगरपालिका र कृषकहरुको लागत साझेदारीमा १२ लाख ७५ हजार रुपैयाँ बराबरको कृषि […]

May 6, 2025 - 16:50
 0
सोलुदुधकुण्ड ६ का कृषकहरुलाई कृषि सामाग्री वितरण 

ओखलढुंगा । 

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका कृषकहरुलाई विभिन्न कृषि सामाग्रीहरु वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का कृषि समूहका कृषकहरु र फर्म सञ्चालक कृषकहरुलाई विभिन्न कृषि सामाग्री वितरण गरिएको हो । प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सङ्घीय सरकारको शर्सत अनुदान, नगरपालिका र कृषकहरुको लागत साझेदारीमा १२ लाख ७५ हजार रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरिएको सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ । 

सोलुदुधकुण्ड नगरपालिकाले छनौट गरेको तरकारी पकेट क्षेत्रका कृषकहरुलाई  कृषि सामाग्री वितरण गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का अध्यक्ष फुर्वा शेर्पाले बताएका छन् । नगरपालिकाले वडामा रहेका डाँफे कृषि समूह र खोरिया कृषि समुहका सदस्यहरु र कृषि फर्म सञ्चालकहरुलाई कृषि सामाग्रीहरु हस्तान्तरण गरेको अध्यक्ष शेर्पाको भनाई रहेको छ । 

नगरपालिकाले कृषकहरुलाई प्लाष्टिक टनेल, हिलट्याङ्क, सिंचाई पाईप, क्रेट लगाएतको कृषि सामाग्रीहरुको साथमा विभिन्न जातका तरकारीहरुको बिउ वितरण गरेको अध्यक्ष शेर्पाले बताएका छन् ।

नगरपालिकाले डाफे कृषक समूहका किसानहरुलाई १८ थान, खोरिया कृषक समूहका किसानहरुलाई ३१ र ६ जना फर्म सञ्चालक कृषकहरुलाई गरी ५५ थान प्लास्टिक टनेल वितरण गरिएको सोलुदुधकुण्ड नगरपालिकाको कृषि शाखा प्रमुख डोल्मा शेर्पाले बताएका छन् । उनका अनुसार २६ थान हिलट्याङ्क कृषकहरुलाई वितरण गरिएको छ । जस मध्य १८ थान हिलट्याङ्क डाफे कृषक समुहका सदस्यहरुका लागी, ६ थान हिलट्याङ्क खोरिया कृषक समूहका सदस्यहरुका लागी र २ थान फर्म सञ्चालक कृषकहरुलाई वितरण गरिएको छ । 

नगरपालिकाले चालु आर्थिक बर्ष २०८१-०८२ को निति तथा कार्यक्रम अनुसार तरकारी पकेट बिकास कार्यक्रम सञ्चालनको लागी विभिन्न जातका तरकारकिो बिउबिजन समेत वितरण गरिएको कृषि शाखा प्रमुख शेर्पाको भनाई छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register