चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा.बस्नेत नियुक्त

Jun 23, 2023 - 02:35
 0
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा.बस्नेत नियुक्त
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा.बस्नेत नियुक्त

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को उपकुलपतिमा डा.भूपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । न्याम्सका निमित्त उपकुलपति समेत रहनुभएका डा.बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गर्नुभएको हो । 

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उपकुलपतिका नियुक्ति हुनुभएका डा.बस्नेतसँग अन्य ११ जना प्रतिस्पर्धी रहनुभएको थियो ।  

काँग्रेस निकट डा.बस्नेत यसअघि दुई पटक वीर अस्पतालको निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो । उपकुलपतिको कार्यकाल चार वर्ष रहने व्यवस्था छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1