बुद्ध आयुसंस्कार परित्याग दिवसबारे छलफल

काठमाडौं । शाक्यमुनि सिद्धार्थ गौतम बुद्धले आफ्नो महापरिनिर्वाण अर्थात मृत्यु प्राप्त गर्ने दिनको घोषणा गरेको दिन अर्थात माघ शुक्लपूर्णिमा (सिल्लापुन्हि)लाई संसारभरकै बौद्धमार्गीहरुले आयुसंस्कार परित्याग दिवसको रुपमा मनाउने गर्दछ । यस वर्ष माघ ३० गते पर्ने सोही दिवसलाई नेपालमा पनि देशव्यापी मनाउने सन्दर्भमा शनिबार श्रीखण्ड तरुमुल महाविहारले बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा निकाय, महाविहारका साथै […]

Jan 11, 2025 - 16:26
 0
बुद्ध आयुसंस्कार परित्याग दिवसबारे छलफल

काठमाडौं ।


शाक्यमुनि सिद्धार्थ गौतम बुद्धले आफ्नो महापरिनिर्वाण अर्थात मृत्यु प्राप्त गर्ने दिनको घोषणा गरेको दिन अर्थात माघ शुक्लपूर्णिमा (सिल्लापुन्हि)लाई संसारभरकै बौद्धमार्गीहरुले आयुसंस्कार परित्याग दिवसको रुपमा मनाउने गर्दछ ।

यस वर्ष माघ ३० गते पर्ने सोही दिवसलाई नेपालमा पनि देशव्यापी मनाउने सन्दर्भमा शनिबार श्रीखण्ड तरुमुल महाविहारले बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा निकाय, महाविहारका साथै विभिन्न बाजा खलःहरुसँग छलफल गरेको छ ।


छलफलमा सहभागीहरुले बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण दिवसको त्रिसंयोग परेको दिन बैशाख पूर्णिमालाई समस्त बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीको रुपमा मनाउँदै आएको भएता पनि अर्को महत्वपूर्ण दिन आयुसंस्कार परित्याग दिवस भने ओझलमा परेकोले यसलाई पनि उतिकै महत्वका साथ मनाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

छलफलमा कनक चैत्य महाविहारका नीलकाजी शाक्यले बुद्धको आयुसंस्कार परित्याग दिवसलाई राज्यले पनि महत्व दिइ यसलाई व्यापकता दिन प्रोत्साहन गर्नुपर्ने धारणा राखे । उनले उक्त दिवसलाई देशभरि मनाउनुका साथै विश्वभरकै बौद्ध धर्मावलम्बीहरुबीच पनि उक्त दिवसको महत्वबारे प्रचारप्रसार गर्न उक्त दिवसमा अन्तराष्ट्रिय बौद्ध विज्ञहरुलाई पनि समावेश गराउन सके अझै बेश हुने बताए ।


कार्यक्रमका सहभागी बौद्ध विज्ञहरुले यो दिवसले हामीलाई जीवन र मृत्युको सत्य स्वीकार गर्न, आत्मज्ञानको यात्रामा समर्पित हुन र शान्तिको मार्गमा अघि बढ्न प्रेरणा दिने बताए । कार्यक्रममा श्रीखण्ड तुरुमुल महाविहार संरक्षण तथा संचालन समितिका अध्यक्ष दिल्लीरत्न शाक्यले उक्त दिवसलाई भव्यताका साथ मनाउन सबैले आआफ्नो स्थानबाट यथाशक्य सहयोग गर्न आग्रह गर्दै महाविहारले यसका लागि तयारी थालिसकेको जानकारी दिए ।

उनले गत वर्ष झै यो वर्ष पनि आगामी माघ ३० गते महाविहारले बुद्धको मूर्तिलाई विशेष रुपले सजाइएको गाडीमा विराजमान गराई काठमाडौंको भित्रि शहरमा शोभायात्रा गराइने, बुद्ध आयुसंस्कार परित्याग दिवसको महत्वबारे प्रकाश पार्ने र बेलुका दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको बताए ।

बुद्धले माघ शुक्लपूर्णिमाका दिन त्यसको ठीक ३ महिनापछि अर्थात बैशाख शुक्लपूर्णिमाको दिन आफूले आयुसंस्कार परित्याग गर्ने अर्थात देह त्याग गर्ने घोषणा गरेका थिए । उनले ८० वर्षको उमेरमा आफ्ना शिष्यहरुलाई मानव शरीरको नश्वरता, समयको महत्व र आत्मज्ञानको अनन्त सत्यलाई स्वीकार गर्दै आफ्नो महापरिनिर्वाणको समय नजिकिएको बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register