नक्कली नोटसहित पक्राउ

मकवानपुर प्रहरीले रातोमाटेबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । धादिङको गंगाजमुना गाउँपालिका–२ घर भइ हेटौंडा–८ कमाने बस्ने ४२ वर्षीय रामकृष्ण अधिकारी नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित पक्राउ परेका हुन् ।

May 8, 2025 - 14:59
 0
नक्कली नोटसहित पक्राउ
हेटौंडा ।

मकवानपुर प्रहरीले रातोमाटेबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । धादिङको गंगाजमुना गाउँपालिका–२ घर भइ हेटौंडा–८ कमाने बस्ने ४२ वर्षीय रामकृष्ण अधिकारी नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित पक्राउ परेका हुन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले महोत्तरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा. ३३ प ९९८३ नम्बर मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । पक्राउ परेका अधिकारीलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरिएको डीएसपी अर्यालले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register