एकीकृत समाजवादीको झापा अध्यक्षमा बीपी भट्टराई

झापा । नेकपा एकीकृत समाजवादीको झापा जिल्ला कमिटी अध्यक्षमा बीपी भट्टराई सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा आइतबार सम्पन्न पार्टीको दशौँ जिल्ला अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्य समितिको उपाध्यक्षमा नवीन इजम र सरस्वती लिम्बू चयन भएका छन् भने सचिवमा सानुकुमार लामा सर्वसम्मत चयन भएको पार्टीका निवर्तमान जिल्ला अध्यक्ष वेदराज […]

May 12, 2025 - 01:25
 0
एकीकृत समाजवादीको झापा अध्यक्षमा बीपी भट्टराई

झापा । नेकपा एकीकृत समाजवादीको झापा जिल्ला कमिटी अध्यक्षमा बीपी भट्टराई सर्वसम्मत चयन भएका छन् ।

बिर्तामोडमा आइतबार सम्पन्न पार्टीको दशौँ जिल्ला अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्य समितिको उपाध्यक्षमा नवीन इजम र सरस्वती लिम्बू चयन भएका छन् भने सचिवमा सानुकुमार लामा सर्वसम्मत चयन भएको पार्टीका निवर्तमान जिल्ला अध्यक्ष वेदराज रेग्मीले जानकारी दिए ।

यसैगरी उपसचिवमा होम बराल, श्री मिश्र र उदय बरायली चयन भएका छन् । अध्यक्षमा निर्वाचित भट्टराई यसअघि पार्टीको जिल्ला सचिव थिए । पार्टीको दशौँ जिल्ला अधिवेशनको शनिबार पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले उद्घाटन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register