मोदीको सम्बोधनप्रति पाकिस्तानको प्रतिक्रिया : गलत सूचनासहितको उत्तेजक भाषण

काठमाडौं । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गरेको सम्बोधनमा व्यक्त गरेको धारणालाई उत्तेजक भाषण भन्दै अस्वीकार गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै मोदीको सम्बोधनले गलत सूचना दिएको प्रतिक्रिया दिएको हो । ‘यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला यो कथनले गलत सूचना, राजनीतिक अवसरवाद र […]

May 14, 2025 - 01:23
 0
मोदीको सम्बोधनप्रति पाकिस्तानको प्रतिक्रिया : गलत सूचनासहितको उत्तेजक भाषण

काठमाडौं । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गरेको सम्बोधनमा व्यक्त गरेको धारणालाई उत्तेजक भाषण भन्दै अस्वीकार गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै मोदीको सम्बोधनले गलत सूचना दिएको प्रतिक्रिया दिएको हो ।

‘यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला यो कथनले गलत सूचना, राजनीतिक अवसरवाद र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट अवहेलनासहित खतरनाक उत्तेजनालाई प्रतिनिधित्व गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतीय सेनाले पाकिस्तानविरुद्ध गरेको ’अपरेशन सिन्दुर’पछि प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

‘भारतीय सेनाले पाकिस्तानमा रहेको आतंकवादी शिविर र उनीहरूका तालिम केन्द्रहरूमा सटीक हमला गर्यो । आतंकवाद विरुद्धको भारतको कारबाहीलाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि आक्रमण गर्न थाल्यो,’ उनले भनेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणमा आणविक आक्रमणको धम्कीबाट आफू ब्ल्याकमेल नहुने पनि बताएका थिए ।

उनले भनेका थिए, ‘भारतले तीन सिद्धान्तमा निर्णय गरेको छ । पहिलो– यदि भारतमा आतंकवादी आक्रमण भयो भने, भारतले आफ्नै तरिकाले, आफ्नै सर्तमा, आफ्नै समयमा जवाफ दिनेछ । दोस्रो– भारतले कुनै पनि आणविक ब्ल्याकमेल सहन गर्दैन । र तेस्रो– हामी आतंकवादलाई प्रायोजन गर्ने सरकार र आतंकका मालिकहरूलाई अलग–अलग हेर्ने छैनौं ।’

यसको जवाफमा पाकिस्तानले ‘भारतले कुनै गल्ती गर्नु हुँदैन । हामी आगामी दिनहरूमा यस सम्बन्धमा भारतको कार्य र व्यवहारको नजिकबाट समीक्षा गर्नेछौं । हामी अन्तर्राष्ट्रिय समुदायलाई पनि त्यसै गर्न अनुरोध गर्नेछौं,’ भनेको छ ।

पाकिस्तानले भारतविरुद्ध आत्मरक्षाका लागि भारतीय सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ ।

सिन्धु जल सन्धिअन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने पाकिस्तानले स्पष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले मङ्गलबार सिन्धु जल सन्धि ‘पाकिस्तानले आतंकवादलाई पूर्ण रूपमा समर्थन गर्न बन्द नगरेसम्म निलम्बन रहनेछ’ भनेकोप्रति पनि पाकिस्तानले आपत्ति जनाएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान युद्धविराम र यस क्षेत्रमा तनाव कम गर्न प्रतिबद्ध छ । धेरै मित्र राष्ट्रको प्रयासबाट युद्धविराम सम्भव भएको हो । युद्धविरामको चाहनालाई पाकिस्तानसँग जोड्नु झुट हो ।’

अर्कोतर्फ, भारतले पाकिस्तानको अनुरोधमा मात्र सैन्य द्वन्द्व रोकिएको बताएको छ ।

यसको खण्डन गर्दै पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तानले हताश र असफलताका कारण युद्धविरामको अनुरोध गरेको भन्ने आरोप पूर्णतया गलत छ ।’

वक्तव्यमा पाकिस्तानले आफूलाई ’आतंकवादको पीडित’समेत भनेको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले दिएका चार सन्देश

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register