आइतबार २.७९ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्ब ५० करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ५० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

May 18, 2025 - 10:39
 0
आइतबार २.७९ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्ब ५० करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ५० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७० करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register