‘उद्योग खोल्ने र व्यापार गर्ने काम सरकारको होइन, सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैन’- शेरबहादुर देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत धेरै गाली खानुपरेको स्मरण गरेका छन् । व्यापार गर्ने, उद्योग खोल्ने […]

Jul 29, 2025 - 13:27
 0
‘उद्योग खोल्ने र व्यापार गर्ने काम सरकारको होइन, सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैन’- शेरबहादुर देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत धेरै गाली खानुपरेको स्मरण गरेका छन् । व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको देउवाको भनाई छ । व्यापारी, उद्योगीहरु मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न पनि उनले आग्रह गरेका छन् ।

‘व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपतिले हो । केही समस्या छन् भने भन्नुस्, के गर्नुपर्छ सरकारले । सहयोगका लागि हामी तयार छौँ ।’, उनले भने, ‘तर सबै कुराको दोष नेताको टाउकोमा राख्न पाइँदैन ।’

त्यस्तै, उनले व्यापार र उद्योग सञ्चालन सरकारले नगर्ने पनि बताएका छन् । आफूले गर्न नसकेको कामको दोष सरकारलाई लगाउनु नहुने पनि देउवाले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register