टोखाबाट बरामद गरिएको २५ करोडको मालिक पत्ता लगाउन संसद्‌मा माग

काठमाडौं । संसद्‌मा टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिकको खोजी भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली काङ्ग्रेसका सांसद रामहरी खतिवडाले उक्त घटनामा को-को संलग्न छन् पत्ता लगाएर सदनलाई जानकारी गराउन माग गरे । उनले भने, “‘सरकारले केही महिना पहिले टोखाबाट २५ करोड समात्ने काम गर्‍यो । एउटा ड्राइभर पक्रियो, थुन्यो […]

May 19, 2025 - 06:57
 0
टोखाबाट बरामद गरिएको २५ करोडको मालिक पत्ता लगाउन संसद्‌मा माग

काठमाडौं । संसद्‌मा टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिकको खोजी भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली काङ्ग्रेसका सांसद रामहरी खतिवडाले उक्त घटनामा को-को संलग्न छन् पत्ता लगाएर सदनलाई जानकारी गराउन माग गरे ।

उनले भने, “‘सरकारले केही महिना पहिले टोखाबाट २५ करोड समात्ने काम गर्‍यो । एउटा ड्राइभर पक्रियो, थुन्यो । त्यसको धनी को हो ? अहिलेसम्म सरकारले त्यो पत्ता लगाउन सकेको छैन । सधैं ड्राइभर र लोडरलाई थुन्ने, धनी पत्ता नलगाउने ? त्यसमा को-को संलग्न छ ? सरकारले पत्ता लगाएर सदनमा जानकारी गराओस् ।”

टोखा नगरपालिका–१ झोर क्षेत्रबाट चैत ४ गते प्रहरीले २५ करोड रुपैयाँभन्दा बढीको विदेशी मुद्रासहित ट्रक चालक कुसाङ लामालाई पक्राउ गरेको थियो ।

उक्त विदेशी मुद्रा सुन ल्याउन लैजान लागेको हुनसक्ने प्रहरीको आशङ्का छ । लामा भने कारागार चलान भइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register