सुप्रिम सहकारी ठगी : ४२ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय, रविसँग ४ करोड बढी बिगो दाबी

काठमाडौं । रुपन्देही प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । शुक्रबार बुझाएको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितलाई मुद्दा चलाउन राय दिइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रन्जितसिंह राठौरकाअनुसार प्रतिवेदनमा रविसहित ४२ जनाविरुद्ध मुद्दा चलाउन रायलाई दिइएको छ । प्रतिवेदनमा […]

Jan 10, 2025 - 10:51
 0
सुप्रिम सहकारी ठगी : ४२ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय, रविसँग ४ करोड बढी बिगो दाबी

काठमाडौं । रुपन्देही प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

शुक्रबार बुझाएको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितलाई मुद्दा चलाउन राय दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रन्जितसिंह राठौरकाअनुसार प्रतिवेदनमा रविसहित ४२ जनाविरुद्ध मुद्दा चलाउन रायलाई दिइएको छ ।

प्रतिवेदनमा रविसँग ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख बढी बचत रकम हिनामिना भएको आरोप छ ।

सुप्रिमको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख छ ।

यस विषयमा कार्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।

लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार कास्की जिल्ला अदालतबाट छुटेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा त्यहाँ उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

रवि फेरि पक्राउ पर्लान् ? कसरी बढ्नेछ अबको प्रक्रिया ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register