मोरङमा ४ सांसद चढेको गाडी दुर्घटना

काठमाडौं । झापाबाट विराटनगर जाँदै गरेको प्रदेशसभा सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो । गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, […]

May 19, 2025 - 10:39
 0
मोरङमा ४ सांसद चढेको गाडी दुर्घटना

काठमाडौं । झापाबाट विराटनगर जाँदै गरेको प्रदेशसभा सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।

सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

सांसद मैया नेपाली कांग्रेसकी सांसद हुन् । यस्तै राधाकृष्ण एमालेका सांसद हुन् । नम्बरलाल झापाबाट एमालेका समानुपातिक सांसद हुन् । सांसद विद्या भने नेकपा एसको समानुपातिक सांसद हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register