वसन्तपुरमा चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व सुरु (तस्वीरहरू)

काठमाडौं । वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा तीनखण्डे चीर ठड्याएसँगै काठमाडौं उपत्याकामा यस वर्षको फागु पर्व (होली) विधिवत शुरु भएको छ । शुक्रबार बिहान ८ बजेर ३३ मिनेटको शुभ साइतमा रङ्गीविरङ्गी ध्वजापताका सहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएसँगै देशभर औपचारिक रुपमा फागु पर्व शुरु भएको हो । उक्त चीर हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनीस्थित ऐतिहासिक मोहनकाजी […]

Mar 7, 2025 - 04:00
 0
वसन्तपुरमा चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व सुरु (तस्वीरहरू)

काठमाडौं । वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा तीनखण्डे चीर ठड्याएसँगै काठमाडौं उपत्याकामा यस वर्षको फागु पर्व (होली) विधिवत शुरु भएको छ ।

शुक्रबार बिहान ८ बजेर ३३ मिनेटको शुभ साइतमा रङ्गीविरङ्गी ध्वजापताका सहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएसँगै देशभर औपचारिक रुपमा फागु पर्व शुरु भएको हो ।

उक्त चीर हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनीस्थित ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ठड्याउने परम्परा छ ।

हिन्दू धार्मिक मान्यताअनुसार द्धापर युगमा भगवान् श्रीकृष्णले गोपिनीहरू नुहाउन गएको बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहदै आएको छ ।

प्रत्येक वर्षको फागुन शुक्ल अष्टमीको दिन चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व आरम्भ हुने गरेको छ ।

यस वर्ष फागु पूर्णिमा उपत्यकासहितका पहाडी जिल्लामा फागुन २९ गते र तराई÷मधेसका जिल्लामा चैत १ गते मनाइदै छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register