हामीलाई खाडीमा रहेका नेपालीहरूले बचाइरहेका छन् : शेखर कोइराला
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्ने र दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिने बताएका छन् । मङ्गलबार काठमाडौंमा आयोजित ‘बद्लिदो विश्व परिवेशमा नेपालले अङ्गाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा उनले भ्रष्टाचारमा लिप्त हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । अहिले नेपालमा देखिरहेको चहलपहल सबै रेमिट्यान्सबाट मात्रै भएको र […]

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्ने र दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिने बताएका छन् ।
मङ्गलबार काठमाडौंमा आयोजित ‘बद्लिदो विश्व परिवेशमा नेपालले अङ्गाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा उनले भ्रष्टाचारमा लिप्त हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
अहिले नेपालमा देखिरहेको चहलपहल सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरूले याेगदान रहेकाे काेइरालाले धारणा राखे ।
उनले भने, ‘अरु केही होइन सुशासन दिइ भ्रष्टाचारलाई शून्यमा झार्न सकेमा र दण्डहीनतालाई अन्त्य गरेका हामी धेरै माथि पुग्छौं । अहिले जे–जति चहलपहल देखिरहेका छौं, त्यो सबै रेमिट्यान्सबाट मात्रै हो । हामीलाई खाडीमा रहेका नेपालीहरूले बचाइरहेका छन् ।’
पहिला–पहिला डिजिटलाइजेसन भनेको पढेलेखेकाका लागि मात्र चाहिन्छ भन्ने मानसिकतामा रहेको बताउँदै नेता कोइरालाले गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको औंल्याए ।
उनले थपे, ‘पहिला–पहिला मेरो मानसिकता यो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र हो भन्ने थियो । तर गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेछ । त्यहाँबाट उनीहरूले उत्पादन बढाउन सक्छन् । मार्केटमा त्यहाँबाट आफ्नो प्रोडक्ट पुर्याउन सक्छन् ।’
What's Your Reaction?






