अहिले जे–जति चहलपहल देखिरहेको छौं, त्यो सबै रेमिट्यान्सबाट मात्रै हो : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्ने र दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिने बताएका छन् । मङ्गलबार काठमाडौंमा आयोजित ‘बद्लिदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा उनले भ्रष्टाचारमा लिप्त हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । अहिले जे–जति आर्थिक चहलपहल देखिरहेको छ । त्यो सबै […]

May 20, 2025 - 15:00
 0
अहिले जे–जति चहलपहल देखिरहेको छौं, त्यो सबै रेमिट्यान्सबाट मात्रै हो : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्ने र दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिने बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित ‘बद्लिदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा उनले भ्रष्टाचारमा लिप्त हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

अहिले जे–जति आर्थिक चहलपहल देखिरहेको छ । त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरूले बचाइराखेको धारणा राखे ।

उनले भने, ‘अरु केही होइन सुशासन दिइ भ्रष्टाचारलाई शून्यमा झार्न सकेमा र दण्डहीनतालाई अन्त्य गरेका हामी धेरै माथि पुग्छौं । अहिले जे–जति चहलपहल देखिरहेको छौं, त्यो सबै रेमिट्यान्सबाट मात्रै हो । हामीलाई खाडीमा रहेका नेपालीहरूले बचाइरहेका छन् ।’

पहिला–पहिला डिजिटलाइजेसन भनेको पढेलेखेकाका लागि मात्र चाहिन्छ भन्ने मानसिकतामा रहेको बताउँदै नेता कोइरालाले गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको औंल्याए ।

उनले थपे, ‘पहिला–पहिला मेरो मानसिकता यो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र हो भन्ने थियो । तर गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेछ । त्यहाँबाट उनीहरूले उत्पादन बढाउन सक्छन् । मार्केटमा त्यहाँबाट आफ्नो प्रोडक्ट पुर्याउन सक्छन् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register