रुकुमपूर्वमा नेसपा (नयाँ शक्ति)को सिंगो कमिटी माओवादी केन्द्रमा समाहित

रुकुमपूर्व । रुकुमपूर्वमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को सिंगो संगठन माओवादी केन्द्रमा समाहित भएको छ । बुधबार रुकुमकोटमा आयोजित कार्यक्रममा जनमुक्ति सेनाका पूर्वकमान्डर तथा नेसपा (नयाँ शक्ति)का पूर्वकेन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, पार्टीको सिंगो कमिटी, साथै नेकपा एमाले निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका […]

May 21, 2025 - 10:23
 0
रुकुमपूर्वमा नेसपा (नयाँ शक्ति)को सिंगो कमिटी माओवादी केन्द्रमा समाहित

रुकुमपूर्व । रुकुमपूर्वमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को सिंगो संगठन माओवादी केन्द्रमा समाहित भएको छ ।

बुधबार रुकुमकोटमा आयोजित कार्यक्रममा जनमुक्ति सेनाका पूर्वकमान्डर तथा नेसपा (नयाँ शक्ति)का पूर्वकेन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, पार्टीको सिंगो कमिटी, साथै नेकपा एमाले निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे ।

यस्तै, उनले सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा गरेका कामको कारण आएको पार्टीप्रतिको सकारात्मक लहर ऐतिहासिक र प्रेरणादायी भएको भन्दै विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वानसमेत गरेका छन् ।

यसबेला माओवादी केन्द्रका नेता–कार्यकर्ता जनतासँग माओवादी– मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिकामा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register