गाईघाटले हान्यो पाँचथरको पोस्टमा ११ गोल, जित्यो उपाधि

धरान । कोशी प्रदेश प्रिमियर लिगको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । बिहीबार धरान रङ्गशालामा भएको खेलमा पाँचथरलाई ११–० भारी गोलअन्तरले पराजित गर्दै गाईघाट उपाधि जित्न सफल भएको हो । फुटबल प्रतियोगिताको फाइनलमा ११ गोलको अन्तर सम्भवत विश्वकै कम हुने ‘दुर्लभ’ घटना भएकाे बताइएकाे छ । कोशी प्रदेश प्रिमियर लिगमा ११ जिल्लालाई चार समूहमा […]

Feb 21, 2025 - 02:20
 0
गाईघाटले हान्यो पाँचथरको पोस्टमा ११ गोल, जित्यो उपाधि

धरान । कोशी प्रदेश प्रिमियर लिगको उपाधि गाईघाट फुटबल क्लबले जितेको छ । बिहीबार धरान रङ्गशालामा भएको खेलमा पाँचथरलाई ११–० भारी गोलअन्तरले पराजित गर्दै गाईघाट उपाधि जित्न सफल भएको हो ।

फुटबल प्रतियोगिताको फाइनलमा ११ गोलको अन्तर सम्भवत विश्वकै कम हुने ‘दुर्लभ’ घटना भएकाे बताइएकाे छ ।

कोशी प्रदेश प्रिमियर लिगमा ११ जिल्लालाई चार समूहमा विभाजित गरी समूह चरण र फाइनल चरण गरी खेलाइएको लिगमा उदयपुरको गाईघाट फुटबल क्लब लिग च्याम्पियन बन्न सफल भएको हो ।

उपाधिसँगै गाईघाटले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको देउराली क्लबले एक लाख ५० हजार, तेस्रो बुइपाले एक लाख २५ हजार र चौथो भएको पाँचथरले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

गाईघाट फुटबल क्लबका क्याप्टेन युवराज थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर गाईघाटकै निमछिरिङ लामा घोषित भए ।

उत्कृष्ट स्ट्राइकर गाईघाटकै प्रवीन राई, उत्कृष्ट कोच गाईघाटका किरणकुमार कार्की घोषित भए । त्यसैगरी उत्कृष्ट डिफेन्स बुइपाका रामसुर राई घोषित भए भने बेष्ट मिडफिल्डर देउरालीका विपिन लिम्बू घोषित भए । उनीहरूलाई जनही रु १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

उपाधिसँगै राष्ट्रिय लिगको छनोट प्रतियोगिताको रूपमा रहेको अन्तरप्रदेश लिगमा गाईघाट र धनकुटाको देउराली युथ क्लब अन्तरप्रदेश लिगमा छनोट भएको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register