खेलकुद क्षेत्रमा बलियो साझेदार बनिरहेको एनसेल

काठमाडौं । निजी क्षेत्रको लगानीमा स्थापित पहिलो जीएसएम सेलुलर टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेल नेपाली खेलकुद क्षेत्रको विकासमा पनि बलियो खम्बाको रूपमा उभिएको छ । नेपालमा आयोजना गरिने प्राय: खेलहरूमा प्रमुख प्रायोजकको रूपमा आफ्नो उपस्थिति जनाउँदै आएको एनसेलको योगदान साँच्चै प्रशंसनीय छ । पछिल्लो समयमा नेपालमा सम्पन्न भएका नेपाल सुपर लिग, नेपाल प्रिमियर लिग, बास्केट […]

May 21, 2025 - 10:26
 0
खेलकुद क्षेत्रमा बलियो साझेदार बनिरहेको एनसेल

काठमाडौं । निजी क्षेत्रको लगानीमा स्थापित पहिलो जीएसएम सेलुलर टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेल नेपाली खेलकुद क्षेत्रको विकासमा पनि बलियो खम्बाको रूपमा उभिएको छ ।

नेपालमा आयोजना गरिने प्राय: खेलहरूमा प्रमुख प्रायोजकको रूपमा आफ्नो उपस्थिति जनाउँदै आएको एनसेलको योगदान साँच्चै प्रशंसनीय छ ।

पछिल्लो समयमा नेपालमा सम्पन्न भएका नेपाल सुपर लिग, नेपाल प्रिमियर लिग, बास्केट बल, गल्फ टुर्नामेन्टजस्ता खेलहरूमा पनि एनसेलको दरिलो उपस्थिति देखियो । नेपाल सुपर लिगमा मुख्य प्रायोजक नै रहेको एनसेल एनपीएलमा पावर्ड बाई प्रायोजकको रूपमा नेपाली खेलसँग जोडिएको थियो ।

जसमा एनसेलले एनसेल फाउन्डेसनमार्फत खेलको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने बताएको थियो । घोषणाअनुरुप नेपालका विभिन्न दुर्गम स्थानका विद्यार्थीहरूले शैक्षिक सामग्री पनि पाए ।

एनसेलले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यहरूलाई संस्थागत रूपमै अघि बढाउने लक्ष्यसहित १९औं वार्षिकोत्सवका अवसरमा एनसेल फाउन्डेसन घोषणा गरेको हो ।

फाउन्डेसनमार्फत एनसेलले १९ वटा प्रोजेक्टका लागि प्रति प्रोजेक्ट १० लाख रुपैयाँका दरले १ करोड ९० लाख रुपैयाँ लगानी गर्ने जनाएको थियो ।

एनसेलका अनुसार भविष्यमा १०० वटा प्रोजेक्टामार्फत १ करोड ३० लाख मानिसको जीवनमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्ने र सामाजिक योगदानमा २ अर्ब लगानी गर्ने लक्ष्य कम्पनीको छ ।

फाउन्डेसनको घोषणाका क्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले एनसेलको उद्देश्य मुनाफा कमाउने मात्रै नभएको बताएका थिए । फाउन्डेसनको उद्घाटनसँगै सामाजिक उत्तरदायित्वमा अझ सशक्त बन्दै गएको एनसेल नेपाली खेल क्षेत्रको बलियो सारथि बन्दै आइरहेको छ ।

नेपाली बजारमा जमेको विदेशी लगानीको एनसेल

स्थापनाकालदेखि हेर्ने हो भने एनसेलले पनि आफ्नो स्वामित्व बदलिइरहेको छ । २०६१ भदौ १६ गते स्थापना भएको एनसेल त्यो बेला ‘मेरो मोबाइल’ नामले चिनिन्थ्यो ।

सन् २००८ मा स्विडेनको कम्पनी टेलिया सोनेरा ग्रुपले खरिद गरी सन् २०१० पछि मेरो मोबाइलको नाम फेरेर एनसेल बनाएको थियो । जुन नाम नै अहिलेको दूरसञ्चार क्षेत्रमा प्रख्यात ब्रान्ड स्थापित भयो ।

फेरि सन् २०१६ मा टेलिया सोनेरासँग मलेसियाको आजियटा ग्रुपले एनसेलको सेयर किन्यो । ७ वर्षपछि ‘नेपालमा लगानीको वातावरण नभएको’ विज्ञप्ति निकाल्दै आजियटा बाहिरियो ।

जुन समयमा एनसेलले कर छली गरेको भन्दै ठूलो विवाद चलेको थियो । फेरि, सन् २०२३ डिसेम्बरदेखि ऐनसेलमा स्पेक्ट्रलाइट यूके लिमिटेड भित्रियो । उसले आजियटाको सतप्रतिशत सेयर खरिद गरेको छ । जुन एनसेलको करिब ८० प्रतिशत सेयर हो ।

अहिले एनसेलले मोबाइल फोन सेवासँगै नेपालको उच्च पहाडी र हिमाली भेगमासमेत जीएसएम नेटवर्क र फोरजी सेवा विस्तार गरेको छ । सन् २०१० मै थ्रीजी सेवा ल्याएको एनसेलले २०१७ मा फोरजी स्थापना गरेको थियो ।

अहिले देशको करिब ९० प्रतिशत क्षेत्रफलमा फोरजी सेवा पुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई हाइस्पिड डेटा र भिडिओ कन्टेन्ट प्रयोग गर्न सजिलो भएको छ ।

खेलसँग जोडिएको एनसेल

पछिल्लो समय नेपाल क्रिकेट खेल उदाउँदो अवस्थामा छ । नेपाली क्रिकेट टोली विश्वकपको मैदामा उत्रिसकेपछि दर्शकको चासो पनि ह्वात्तै बढेको छ । क्राउड्ली खेलको रूपमा जम्दै गरेको क्रिकेटमा एनसेलले दरिलो साझेदारी गर्ने गरेको छ ।

एनपीएलमा हानिने प्रत्येक चौकाबापत एनसेल फाउन्डेसनले शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरिरहेको छ । जुन सामग्री नेपालका ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूले पाइरहेका छन् ।

एनपीएलमा कुल ६५३ चौका प्रहार भएको थियो । यसबापत् एनसेल फाउन्डेसनले घोषणा गरे बमोजिम कुल दुई हजार ६१२ वटा शैक्षिक सामग्री विद्यार्थी वितरण गरिने छ ।

त्यस्तै, भर्खरै सम्पन्न नेपाल सुपर लिग सिजन-३ मा पनि प्रत्येक गोल बराबर १५ शैक्षिक सामग्री वितरण गर्ने कम्पनीले जनाएको छ । वैशाख १३ गते खेलिएको अन्तिम खेलसँगै एनएसएलमा कुल ५४ गोल भएका छन् ।

घोषणाबमोजिम अब एनसेलले विद्यार्थीहरूलाई १३ सय ५० शैक्षिक सामग्री दिने भएको छ । एनसेल यस खेलको टाइटल स्पोन्सर रहेको थियो । तेस्रो संस्करणको लिग २०२५ मार्च २९ देखि अप्रिल २६ सम्म काठमाडौंको दशरथ रङ्गशालामा सम्पन्न भयो ।

यस संस्करणमा सात टोलीहरू सहभागी थिए, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, र झापा एफसी ।

यसका अलवा, कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेल फाउन्डेसनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी अपाङ्ग खेलाडीहरूलाई समेत सहयोग गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register