गाजामा इजरायली नाकाबन्दी : कुपोषण र औषधि अभावले ३०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजापट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८ जना प्यालेस्टिनीको ज्यान गएको गाजाका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार २६ जना मृगौला पीडीतसहित खाना र औषधिको अभावका कारण थप २४२ जनाको मृत्यु भएको छ । यसैगरी इजरायली नाकाबन्दीको दुष्प्रभावले ८० दिनमा ३०० गर्भवती महिलाहरूमा स्वतः गर्भपात भएको जनाइएको छ । […]

May 21, 2025 - 16:06
 0
गाजामा इजरायली नाकाबन्दी : कुपोषण र औषधि अभावले ३०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा । गाजापट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८ जना प्यालेस्टिनीको ज्यान गएको गाजाका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार २६ जना मृगौला पीडीतसहित खाना र औषधिको अभावका कारण थप २४२ जनाको मृत्यु भएको छ । यसैगरी इजरायली नाकाबन्दीको दुष्प्रभावले ८० दिनमा ३०० गर्भवती महिलाहरूमा स्वतः गर्भपात भएको जनाइएको छ ।

सञ्चारमाध्यले प्यालेस्टिनीमाथि लादिएको भोकमरीको कारण गाजामा बढ्दो मानवीय प्रकोपप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्तो प्रवृतिको निन्दा गरेको छ । खाना चिकित्सा सेवा र इन्धनको प्रवेश रोक्न लगातारको नाकाकन्दी गाजाका २४ मिलियन भन्दा बढी प्यालेस्टिनीहरूको जीवनलाई खतरा पुर्याउन कदमलाई विनाशकारी मानवीय आपराधिक प्रवृतिको रूपमा चित्रण गरिएको छ ।

सञ्चारमाध्यमका अनुसार सन् २०२५ मार्च २ देखि इजरायलले गाजा पट्टीमा एकल मानवीय सहायता वा ईन्धन ट्रकको प्रवेशलाई अनुमति दिएको छैन ।

यी सबै सीमा मार्गहरूको बन्द अन्तर्राष्ट्रिय कानून र मापदण्डहरूको उल्लङ्घन भएको र यसप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको रिपोर्टमा जनाइएको छ । रिपोर्टमा गाजाको मानवीय अवस्था हरेक कोणबाट विनाशकारी स्तरमा पुगेको जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्र संघ र मानवतावादी सङ्गठनहरूलाई सबै सीमा खोली गाजामा खाना, औषधि र इन्धनको प्रवेशलाई अनुमति दिई नागरिकको जीवन बचाउन आह्वान गरेका रिपोर्टमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय फौजदारी अदालत र मानव अधिकार तथा कानुनी संस्थाहरूलाई इजरायललाई युद्ध अपराधीको रूपमा मुद्दा चलाउन तथा नैतिक र कानुनी रुपमा जिम्मेवारी लिनुपर्ने जनाएका छन् ।

इजरायलले मार्च १८ मा गाजामा आफ्नो आक्रमण पुनः सुरु गरेपछि यस क्षेत्रमा आक्रमणमा परी १२ हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै कयौँ घाइते भएको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register