लेभरकुसेनको प्रशिक्षकमा टेन हाग

काठमाडौं । डच प्रशिक्षक एरिक टेन हाग जर्मन बुन्डेसलिगा क्लब बायर लेभरकुसेनको प्रशिक्षकमा नियुक्त भएका छन् । यो निर्णय जाभी आलोन्सो स्पेनिस जायन्ट क्लब रियल म्याड्रिडको प्रशिक्षक बन्ने भएपछि आएको हो । ५५ वर्षीय टेन हाग पहिले आयाक्स र म्यानचेस्टर युनाइटेडको प्रशिक्षक थिए । उनले सन् २०२७ सम्मका लागि जर्मन क्लबसँग सम्झौता गरेका छन् । […]

May 26, 2025 - 11:31
 0
लेभरकुसेनको प्रशिक्षकमा टेन हाग

काठमाडौं । डच प्रशिक्षक एरिक टेन हाग जर्मन बुन्डेसलिगा क्लब बायर लेभरकुसेनको प्रशिक्षकमा नियुक्त भएका छन् ।

यो निर्णय जाभी आलोन्सो स्पेनिस जायन्ट क्लब रियल म्याड्रिडको प्रशिक्षक बन्ने भएपछि आएको हो ।

५५ वर्षीय टेन हाग पहिले आयाक्स र म्यानचेस्टर युनाइटेडको प्रशिक्षक थिए । उनले सन् २०२७ सम्मका लागि जर्मन क्लबसँग सम्झौता गरेका छन् ।

‘पछिल्ला वर्षहरूमा देखाइएको महत्त्वाकांक्षालाई जारी राख्न म लेभरकुसेन आएको हुँ,’ हागले भने, ‘यो परिवर्तनको अवधिमा सँगै केही सिर्जना गर्ने र महत्त्वाकांक्षी टोली विकास गर्ने चुनौती आकर्षक छ।’

हागले आयाक्सलाई थुप्रै लिग उपाधि जिताएका थिए र सन् २०१८-१९ को च्याम्पियन्स लिग सिजनमा रियललाई हराउँदै यात्रा अघि बढाएका थिए ।

तर, युनाइटेडसँगको समस्याले गर्दा हाग निकै आलोचित बनेका थिए । जहाँ रहेकाे समस्यालाई उनको एकल प्रयासले समाधान गर्न असम्भव थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register