दमकको शरणार्थी शिविरबाट खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

झापा, १४ जेठ । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट मंगलबार राति लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्यको पुर्निया जिल्ला नगानिगम पुर्निया सिटी वडा नं. ३४ का ३६ वर्षीय मनिषकुमार गुप्ता र दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ का २९ [...] The post दमकको शरणार्थी शिविरबाट खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

May 28, 2025 - 08:23
 0
दमकको शरणार्थी शिविरबाट खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

झापा, १४ जेठ । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट मंगलबार राति लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पुर्निया जिल्ला नगानिगम पुर्निया सिटी वडा नं. ३४ का ३६ वर्षीय मनिषकुमार गुप्ता र दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ का २९ वर्षीय किरण राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

मंगलबार राति दमक–३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डी १ हट नं. १०१ स्थित घरमा लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको राईको घर कोठाभित्र शंकास्पद अवस्थामा बसिरहेको गुप्ताले लगाएको पाइन्टको गोजीमा लुकाएर राखेको अवस्थामा प्लाष्टिकबाहेक ८ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post दमकको शरणार्थी शिविरबाट खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register