मेचीपुलबाट शिवसताक्षीका युवा लागुऔषधसहित पक्राउ

झापा, १३ जेठ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट प्रहरीले आज बेलुका एक युवालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित लागूऔषध ब्युरो नियन्त्रण काँकरभिट्टाबाट प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटिसफारीमा सवार शिवसताक्षी नगरपालिका–९ का २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बूलाई पक्राउ गरेको हो । उनीमाथि शंका लागेर शरीर तलासी लिँदा लागुऔषध खैरो हेरोइनजस्तो देखिने [...] The post मेचीपुलबाट शिवसताक्षीका युवा लागुऔषधसहित पक्राउ appeared first on Jhapa Online.

May 27, 2025 - 15:59
 0
मेचीपुलबाट शिवसताक्षीका युवा लागुऔषधसहित पक्राउ

झापा, १३ जेठ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट प्रहरीले आज बेलुका एक युवालाई पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित लागूऔषध ब्युरो नियन्त्रण काँकरभिट्टाबाट प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटिसफारीमा सवार शिवसताक्षी नगरपालिका–९ का २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बूलाई पक्राउ गरेको हो ।

उनीमाथि शंका लागेर शरीर तलासी लिँदा लागुऔषध खैरो हेरोइनजस्तो देखिने प्लाष्टिकबाहेक ४ ग्राम ८०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको छ ।

The post मेचीपुलबाट शिवसताक्षीका युवा लागुऔषधसहित पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register