गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूको संसद् अवरोध कायमै

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनमा माग गर्दै विपक्षी दलहरूले संसद्‌को अवरोध कायमै राखेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभामा पनि अवरोध गरेका थिए । बुधबार पनि उनीहरूले अवरोध कायमै राखेका हुन् । संसदमा सिंगो विपक्षी बेञ्चले उभिएर अवरोध जारी राखेका हुन् । सभामुख देवराज घिमिरेले […]

May 28, 2025 - 08:25
 0
गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूको संसद् अवरोध कायमै

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनमा माग गर्दै विपक्षी दलहरूले संसद्‌को अवरोध कायमै राखेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभामा पनि अवरोध गरेका थिए ।

बुधबार पनि उनीहरूले अवरोध कायमै राखेका हुन् । संसदमा सिंगो विपक्षी बेञ्चले उभिएर अवरोध जारी राखेका हुन् । सभामुख देवराज घिमिरेले आसन ग्रहण गर्दै संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरिरहेका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा सहितका विपक्षी सांसदहरूले संसदमा उभिएर विरोध गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register