नेपाली अभिनेताको अंग्रेजी फिल्म ‘कामा’को ट्रेलर यस्तो छ

भीमसेन लामा निर्देशित फिल्म ‘कामा’ मार्च ७ मा बेलायतमा रिलिज हुने भएको छ । एक्सन(थ्रीलर फिल्म उक्त मितिमा २६० पर्दाबाट रिलिज हुने जनाइएको छ । बेलायतका बिभिन्न स्थानमा खिचिएको फिल्मले बदलाको लागि मान्छे कुन हदसम्म पुग्छ भन्ने चित्रण गरेको छ । फिल्ममा म्याट वेक फोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा [...] The post नेपाली अभिनेताको अंग्रेजी फिल्म ‘कामा’को ट्रेलर यस्तो छ appeared first on Jhapa Online.

Feb 20, 2025 - 08:51
 0
नेपाली अभिनेताको अंग्रेजी फिल्म ‘कामा’को ट्रेलर यस्तो छ


भीमसेन लामा निर्देशित फिल्म ‘कामा’ मार्च ७ मा बेलायतमा रिलिज हुने भएको छ । एक्सन(थ्रीलर फिल्म उक्त मितिमा २६० पर्दाबाट रिलिज हुने जनाइएको छ ।

बेलायतका बिभिन्न स्थानमा खिचिएको फिल्मले बदलाको लागि मान्छे कुन हदसम्म पुग्छ भन्ने चित्रण गरेको छ । फिल्ममा म्याट वेक फोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा छन् ।

विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता, एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको फिल्मको कथा विशारद बस्नेतले लेखेका हुन् । पटकथा हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् ।

अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको फिल्मले इटालीमा सम्पन्न मिलन विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत पुरस्कार जितेको छ । निर्माता जोशीले यसअघि ‘पासवर्ड’, ‘ह्याप्पी डेज’, ‘हेलो जिन्दगी’ र ‘द सिक्रेट अफ राधा’ फिल्म निर्माण गरेका छन् । फिल्मलाई चाँडै अमेरिका, अस्ट्रेलिया, क्यानडासहित हिन्दीमा भारत र नेपाली भाषामा नेपालका हलमा प्रदर्शन हुने जनाइएको छ ।

The post नेपाली अभिनेताको अंग्रेजी फिल्म ‘कामा’को ट्रेलर यस्तो छ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register