रिकु गाउँमा होमस्टे !

दोलखा।  दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने रिकु (रिगु) गाउँमा अहिले धमाधम होमस्टे बनिरहेको छ । दोलखाको सबैभन्दा दुर्गम यो गाउँमा लामाबगरबाट पैदलमार्ग जोडिएको र रोल्वालिङ खोला जलविद्युत आयोजनाको अडिट टनेल निर्माण सुरु भएकोले स्थानीय होमस्टे निर्माणमा जुटेका हुन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम रहेको लामाबगरबाट रिकुसम्म पैदलमार्ग जोडिएपछि च्छो– रोल्पा पुग्न […]

May 28, 2025 - 17:29
 0
रिकु गाउँमा होमस्टे !

दोलखा। 

दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने रिकु (रिगु) गाउँमा अहिले धमाधम होमस्टे बनिरहेको छ । दोलखाको सबैभन्दा दुर्गम यो गाउँमा लामाबगरबाट पैदलमार्ग जोडिएको र रोल्वालिङ खोला जलविद्युत आयोजनाको अडिट टनेल निर्माण सुरु भएकोले स्थानीय होमस्टे निर्माणमा जुटेका हुन् ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम रहेको लामाबगरबाट रिकुसम्म पैदलमार्ग जोडिएपछि च्छो– रोल्पा पुग्न सहजहुने र रोल्वालिङ खोला जलविद्युत आयोजनाको अडिट टनेल निर्माण पछि पर्यटकको चहल– पहल बढ्ने भएकोले गाउँमा होमस्टे बनाउन थालिएको स्थानीय विशाल खड्काले बताए । 

च्छो– रोल्पा जाने पर्यटकहरुको लागि लामाबगरसम्म गाडीमा आएर माथिल्लो तामाकोशी आयोजनाको ड्याम हेर्ने र भीर कोपेर बनाईएको पैदलमार्ग हुदै रिकुमा बास बसेर अघि बढ्नु सहज हुने भएकोले गाउँमा होमस्टेको आवश्यकता महशुस गरिएको विशालको भनाई छ ।  

ढुङ्गाको पहाडले घेरिएको जिल्लाकै दुर्गम यो गाउँमा उब्जनिको नहुने र बर्षायाममा आवत– जावतमा समेत समस्या हुने भएकोले स्थानीय सधै त्रासमा बाँचिरहेका थिए । लामाबगरबाट पैदलमार्ग जोडिएपछि रिकुमा उत्साह र खुसी भित्रिएको विशाल खड्का बताउँछन् ।

२२ घरधुरी रहेको रिकुका पाँच घरमा अहिले होमस्टे निर्माण भएको र यो संख्या बढ्दै जाने अर्का स्थानीय मिनबहादुर मोक्तान बताउँछन् । गाउँमा रोल्वालिङ खोला जलविद्युत आयोजनाका घरहरु पनि थपिएको र मानिसको चहल– पहल पनि बढेकोले स्थानीय आलु, तरकारी, लसुन, कोदो, किवी लगायतका अन्न तथा फलफुल खेतीमा समेत सक्रिय बनेको मिनबहादुरको भनाई छ । 

रिकु गाँउलाई लामाबगरसंग जोड्न रोल्वालिङ खोला जलविद्युत आयोजनाले अजङ्गको ढुङ्गाको चिम्लिङको भीर कोपेर तीन किलोमिटर पैदलमार्ग निर्माण गरिदिएको आयोजना प्रमुख मनोज ताम्राकारले बताए । रिकु गाँउको विकास र स्थानीयको जिवनस्तर सुधारको लागि आयोजनाले पैदलमार्गमा सहयोग गरेको आयोजना प्रमुख ताम्राकार बताउँछन् । 

२१ सय मिटरको उँचाईमा रहेको रिकु गाउँमा २०१४ सालबाट बसोबास सुरु भएको स्थानीय भीमबहादुर खड्काले बताए । यो गाउँमा खड्का र तमाङको मात्र बसोबास रहेको उनले बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register