‘गणतन्त्र दिवसकै दिन बाटो छेकेर जात्रा देखाइयो’ 

काठमाडौँ । गणतन्त्र दिवसकै दिन विभिन्न पक्षले प्रदर्शनका नाममा बाटो छेकेर जात्रा देखाएको भन्दै नागरिकहरु आक्रोशित बनेका छन् । गणतन्त्र दिवस मनाउने भन्दै एमाले र राजावादीहरुले प्रदर्शनका नाममा बाटो छेकेको भन्दै नागरिकहरु आक्रोशित बनेका हुन् । उनीहरुले ‘गणतन्त्र कसका लागि हो ?’ भन्दै उल्टै नारा लगाएका थिए ।  हाल रत्नपार्कमा राजावादी र भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन […]

May 29, 2025 - 08:59
 0
‘गणतन्त्र दिवसकै दिन बाटो छेकेर जात्रा देखाइयो’ 

काठमाडौँ । गणतन्त्र दिवसकै दिन विभिन्न पक्षले प्रदर्शनका नाममा बाटो छेकेर जात्रा देखाएको भन्दै नागरिकहरु आक्रोशित बनेका छन् । गणतन्त्र दिवस मनाउने भन्दै एमाले र राजावादीहरुले प्रदर्शनका नाममा बाटो छेकेको भन्दै नागरिकहरु आक्रोशित बनेका हुन् ।

उनीहरुले ‘गणतन्त्र कसका लागि हो ?’ भन्दै उल्टै नारा लगाएका थिए । 

हाल रत्नपार्कमा राजावादी र भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनलाई लक्षित गर्दै सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनका कारण शान्तिबाटिका क्षेत्रको सडक दोहोरो तर्फबाट बन्द गरिएको छ । 

सडक नै बन्द गरेर आन्दोलन गर्दा गरिखाने मजदुर तथा अन्य नागरकलाई सास्ती भएको नागरिकहरुको गुनासो छ । उनीहरुले गणतन्त्र दिवसकै दिन बाटो छेकेर नागरिकको अधिकार खोसिएको भन्दै आक्रोश पोखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register