बजेटप्रतिको टिप्पणी समय सान्दर्भिक – अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु खर्चलाई सीमाभित्र राखेर पुँजीगत खर्च बढाएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०८२/८२३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आन्तरिक ऋणका सन्दर्भमा सीमा तोकिएको भन्दै ऋण कम उठाउने नीति लिएको बताए । बजेट भाषणका लागि मात्रै नभएर कार्यान्वयन गर्नेगरी कार्य योजना तयार गर्न […]

May 30, 2025 - 09:11
 0
बजेटप्रतिको टिप्पणी समय सान्दर्भिक – अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु खर्चलाई सीमाभित्र राखेर पुँजीगत खर्च बढाएको बताएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०८२/८२३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आन्तरिक ऋणका सन्दर्भमा सीमा तोकिएको भन्दै ऋण कम उठाउने नीति लिएको बताए ।

बजेट भाषणका लागि मात्रै नभएर कार्यान्वयन गर्नेगरी कार्य योजना तयार गर्न अर्थ मन्त्रालय लागि पर्नेसमेत उनको भनाइ छ ।

साथै, पौडेलले बजेट सार्वजनिक भएपछि आकारको बारेमा टिप्पणी हुँदै आए पनि यो वर्षको बजेटको सीमामा भने आलोचना नभएको उल्लेख गरे । उनले बजेटप्रतिको टिप्पणी समय सान्दर्भिक भएकोसमेत बताए ।

अर्थमन्त्री पौडेलले राजस्वबाट साधन खर्चमै सकिँदै जाँदा विकासका लागि वैकल्पिक स्रोतको प्रयोग गर्ने नीति लिएको बताए ।

बजेटको कार्यान्वयनबाट आर्थिक वृद्धि हुने, रोजगारीको सिर्जना गर्ने र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नसमेत सहयोग पुग्ने उनको अपेक्षा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register