लागुऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ
झापा, १८ जेठ । सुनसरी र मोरङको दुई स्थानबाट प्रहरीले लागू औषध खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ । जेठ १७ गते अस्थायी प्रहरी पोष्ट सखुवागाछी सुनसरीको प्रहरी टोलीले इनरुवा नगरपालिका–३ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय विवेक अधिकारी, इटहरी–४ का २२ वर्षीय मनोज परियार र २६ वर्षीय मनिष राईलाई लागुऔषध खैरो [...] The post लागुऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ appeared first on Jhapa Online.

झापा, १८ जेठ । सुनसरी र मोरङको दुई स्थानबाट प्रहरीले लागू औषध खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ ।
जेठ १७ गते अस्थायी प्रहरी पोष्ट सखुवागाछी सुनसरीको प्रहरी टोलीले इनरुवा नगरपालिका–३ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय विवेक अधिकारी, इटहरी–४ का २२ वर्षीय मनोज परियार र २६ वर्षीय मनिष राईलाई लागुऔषध खैरो हेरोइन ३ ग्राम ३७ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट तनहुँको रिसिङ गाउँपालिका–३ का ३७ वर्षीय दलराज मगरलाई लागुऔषध खैरो हेरोइन १९ ग्राम ६३ मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
The post लागुऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






