सरकारको तरिकाले असार १५ मा शिक्षा विधेयक पारित सम्भव छैन : सभापति थापा

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सरकारको रवैया कायमै रहे असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित सम्भव नरहेको बताएका छन् । विवादित विषय छलफल गरेर टुंग्याउनुपर्ने भए पनि सरकारले बारम्बार  समितिको बैठक प्रभावित गरेकाले  असार १५ मा विद्यालय शिक्षा विधेयक पारित गर्न सम्भव  नरहेको बताए । ‘मैले आज छलफल […]

Jun 2, 2025 - 07:26
 0
सरकारको तरिकाले असार १५ मा शिक्षा विधेयक पारित सम्भव छैन : सभापति थापा

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सरकारको रवैया कायमै रहे असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित सम्भव नरहेको बताएका छन् ।

विवादित विषय छलफल गरेर टुंग्याउनुपर्ने भए पनि सरकारले बारम्बार  समितिको बैठक प्रभावित गरेकाले  असार १५ मा विद्यालय शिक्षा विधेयक पारित गर्न सम्भव  नरहेको बताए । ‘मैले आज छलफल राखेको थिएँ । धेरै कुरा टुंग्याएर हाउसमा विधेयक पठाउनुपर्ने छ । मन्त्रीले नआउने जानकारी गराएपछि समितिको बैठक अघि बढ्न सकेन,’ उनले नेपालभ्युजसँग भने ।

शिक्षा मन्त्री रघुजी पन्तले शिक्षकहरूसँग आफु वार्तामा रहेकाले बैठकमा आउन नसक्ने जानकारी सभापति थापालाई गराएका छन् । शिक्षक र सरकारबीच सम्झौता हुँदा विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिवद्धता सरकारले जनाएको थियो ।

उपसमितिले प्रतिवेदन दिए पनि समितिमा शिक्षा विधेयकका अझै केही विषयहरूमाथि छलफल चलिरहेको छ । जसमा सरकार र सांसदहरूको फरक–फरक तर्क चलिरहेको छ । समितिका सभापति थापाका अनुसार विधेयकमा बाल विकास शिक्षक, विद्यालय कर्मचारी, निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने विषयमा समितिमा छलफल चलिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register