वशिष्ठ भण्डारी समाजको पद हस्तान्तरण

झापा, १९ जेठ । वशिष्ठ भण्डारी समाज केन्द्रीय कार्य समितिको पद हस्तान्तरण भएको छ । कनकाई नगरपालिका–४ कोटिहोमस्थित समाजको आश्रममा आयोजित कार्यक्रमकाबीच पद हस्तान्तरण भएको हो । समाजको १६ औं साधारण सभाबाट कृष्ण प्रसाद भण्डारी मार्सेली अध्यक्षमा सर्बसम्वत चयन भएका थिए । समाजको पद हस्तान्तरणसंगै वशिष्ठ भण्डारी समाजको छाताभित्र रहेको स्वजन बहु चिकित्सालयका समस्या, सम्पत्ति [...] The post वशिष्ठ भण्डारी समाजको पद हस्तान्तरण appeared first on Jhapa Online.

Jun 2, 2025 - 07:27
 0
वशिष्ठ भण्डारी समाजको पद हस्तान्तरण

झापा, १९ जेठ । वशिष्ठ भण्डारी समाज केन्द्रीय कार्य समितिको पद हस्तान्तरण भएको छ ।

कनकाई नगरपालिका–४ कोटिहोमस्थित समाजको आश्रममा आयोजित कार्यक्रमकाबीच पद हस्तान्तरण भएको हो । समाजको १६ औं साधारण सभाबाट कृष्ण प्रसाद भण्डारी मार्सेली अध्यक्षमा सर्बसम्वत चयन भएका थिए ।

समाजको पद हस्तान्तरणसंगै वशिष्ठ भण्डारी समाजको छाताभित्र रहेको स्वजन बहु चिकित्सालयका समस्या, सम्पत्ति र दायित्व एवम् कानूनी प्रक्रियाका बारेमा डा. गोपाल भण्डारीले जानकारी गराएका थिए । उनले दिएको सुझाव अनुसार कम्पनीको साधारणसभा बोलाउन अनुरोध गरिएको छ ।

त्यस्तै वशिष्ठ भण्डारी समाज मोरङ जिल्ला अन्तर्गतको भाउन्ने प्रशाखालाई ब्यवस्थित गरिने भएको छ । जसका लागि समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम भण्डारीको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ ।

यसैगरी वशिष्ठ भण्डारी समाजको बिधानको अधिनमा रहेर पूर्व अध्यक्ष दुर्गाप्रसाद भण्डारीको सभापतित्वमा सल्लाहकार सभाको गठन गरिएको छ । केन्द्रीय समितिमा काठमाडौका रबि भण्डारी र खगेन्द्र भण्डारीलाई विधानको अधिनमा रहेर मनोनित गरिएको छ । संस्थाको उद्देश्य प्राप्तिमा उपत्यकामा रहेका बन्धुहरुलाई एकताको शुत्रमा बाँध्ने काम मनोनित सदस्यबाट हुने अपेक्षा गरिएको छ ।

दैनिक प्रशासनिक एवम् सामाजिक र भौतिक कार्य संचालनका सम्बन्धमा छलफल गर्दै आगामी वैठकले कार्यलय सञ्चालन समिति गठन गर्ने निर्णय गरेको छ ।

नव निर्वाचित अध्यक्ष भण्डारीले २०४६ देखि हालसम्म सहसचिव , सचिब , उपाध्यक्ष , वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएको हुँदा आफ्नु अनुभव र अग्रजहरुको उचित सल्लाह ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन समाजका महासचिव जय भण्डारीले गरेका थिए ।

The post वशिष्ठ भण्डारी समाजको पद हस्तान्तरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register