मेयर र उपमेयरबीच विवाद चरम उत्कर्षमा धरानमा तनावग्रस्त

धरान । धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चरम उत्कर्षमा पुग्दै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले मंगलबार दिनभर नगरपालिका कार्यालय परिसर भित्र तनावग्रस्त बनेको थियो । श्रमदान कार्यक्रमका नाममा नगरपालिकाका साधनस्रोतको प्रयोग र त्यससँग जोडिएको भुक्तानी प्रकरणलाई लिएर केही दिनदेखि प्रमुख र उपप्रमुखबीच विवाद हुँदै आएको थियो । सोमबार […]

Jun 18, 2025 - 05:13
 0
मेयर र उपमेयरबीच विवाद चरम उत्कर्षमा धरानमा तनावग्रस्त

धरान ।

धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चरम उत्कर्षमा पुग्दै गएको छ ।

दुई जनाप्रतिनिधिको बिबादले मंगलबार दिनभर नगरपालिका कार्यालय परिसर भित्र तनावग्रस्त बनेको थियो । श्रमदान कार्यक्रमका नाममा नगरपालिकाका साधनस्रोतको प्रयोग र त्यससँग जोडिएको भुक्तानी प्रकरणलाई लिएर केही दिनदेखि प्रमुख र उपप्रमुखबीच विवाद हुँदै आएको थियो ।

सोमबार उपप्रमुखले श्रमदानको भुक्तानी रोकेपछि प्रमुख साम्पाङ्गले त्यसको प्रतिवाद गरेका थिए । सो क्रममा उनका समर्थकहरूले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए । मंगलबार नै नगर प्रमुख पक्षकै अर्को समूहले उपप्रमुखको कार्यकक्ष घेराउ समेत गरेको थियो ।

सो क्रममा एक अर्काविरुद्ध नारावाजी समेत गरेका थिए । स्थिति बिग्रिन नदिन सुरक्षाकर्मी तैनाथ राखिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register