विश्वकप लिग–२ : टस हारेको नेपाल पहिला बलिङ गर्दै, ललित इन रिजन आउट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को स्कटल्यान्ड सिरिजको दोस्रो खेलमा आज नेदरल्यान्ड्सको सामना गर्दै छ । अहिले नेपाली समयअनुसार पौने चार बजे सुरु हुने खेलको टस भइसकेको छ । नेदरल्यान्डका कप्तान इडबर्डले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । उनको यस्तो निर्णयसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । नेपालले प्लेइङ ११ मा […]

Jun 4, 2025 - 11:10
 0
विश्वकप लिग–२ : टस हारेको नेपाल पहिला बलिङ गर्दै, ललित इन रिजन आउट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को स्कटल्यान्ड सिरिजको दोस्रो खेलमा आज नेदरल्यान्ड्सको सामना गर्दै छ । अहिले नेपाली समयअनुसार पौने चार बजे सुरु हुने खेलको टस भइसकेको छ ।

नेदरल्यान्डका कप्तान इडबर्डले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । उनको यस्तो निर्णयसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।

नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । युवा बायाँहाते फास्ट बलर रिजन ढकाललाई बाहिर राखेर बायाँहाते स्पीनर ललितनारायण राजवंशीलाई टिममा समेटिएकाे छ ।

यो सिरिजको पहिलो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डलाई पराजित गरेको थियो । जसमा करण केसी नायक बनेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register