डोङफेङ नामीको जेएफ-एस३ ईभी ४० भन्दा बढी देशमा निर्यात

काठमाडौं । डोङफेङ नामीद्वारा उत्पादन गरिएको विद्युतीय सवारी मोडल JF-S3 ले १२ हजारभन्दा बढी युनिट निर्यात गर्दै ४० भन्दा बढी देश तथा क्षेत्रहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ । कम्पनीका अनुसार यस उपलब्धिले डोङफेङको विश्वव्यापी रणनीतिक विस्तारलाई थप सुदृढ बनाएको छ । सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु गरेसँगै JF-S3 ले युरोपेली बजारमा उल्लेखनीय […]

Jun 4, 2025 - 11:10
 0
डोङफेङ नामीको जेएफ-एस३ ईभी ४० भन्दा बढी देशमा निर्यात

काठमाडौं । डोङफेङ नामीद्वारा उत्पादन गरिएको विद्युतीय सवारी मोडल JF-S3 ले १२ हजारभन्दा बढी युनिट निर्यात गर्दै ४० भन्दा बढी देश तथा क्षेत्रहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ । कम्पनीका अनुसार यस उपलब्धिले डोङफेङको विश्वव्यापी रणनीतिक विस्तारलाई थप सुदृढ बनाएको छ ।

सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु गरेसँगै JF-S3 ले युरोपेली बजारमा उल्लेखनीय उपस्थिति जनाउँदै आएको छ । जनवरीमा नेदरल्याण्डमा चिनियाँ ब्रान्डमध्ये JF-S3 सबैभन्दा बढी बिक्री भएको EV बन्यो, जहाँ करिब ३०० युनिट डेलिभर गरिएको कम्पनीले जनाएको छ ।

नर्वे, चेक गणतन्त्र र लाट्भिया जस्ता युरोपेली देशहरूमा पनि यो मोडलले बलियो उपस्थिति जनाइरहेको छ । नर्वेमा पहिलो महिनामै १०० भन्दा बढी अर्डर पाएको यो सवारीले चिसो मौसममा पनि उत्कृष्ट प्रदर्शन गरेको कम्पनीको दाबी छ । चेक गणतन्त्रमा यसले आफ्नो सेग्मेन्टमा अग्रणी बजार हिस्सा हासिल गर्दा, लाट्भियामा १० प्रतिशत बजार हिस्सा ओगट्दै चिनियाँ EV हरूमध्ये कीर्तिमानी स्थान बनाएको छ ।

JF-S3 को सफलता सटीक बजार लक्ष्य निर्धारण र स्थानीयकरण रणनीतिमा आधारित भएको कम्पनीको भनाइ छ । उदाहरणका लागि, नेदरल्याण्डमा युरोपेली चार्जिङ मापदण्ड (CCS2) अनुसार सुधारिएको इन्टरफेस तथा बहुभाषिक इन्टेलिजेन्ट ककपिट उपलब्ध गराइएको छ । चेक गणतन्त्रका लागि ‘हिउँदे प्याकेज’ अन्तर्गत न्यानो स्टेरिङ ह्वील र हिट पम्प एसी थपिएको छ भने नर्वेमा -२० डिग्री सेल्सियस तापक्रममा काम गर्न सक्ने ब्याट्री इन्सुलेसन प्रणाली विकास गरिएको छ ।

विविध प्रयोगका सम्भावनाहरूमा पनि JF-S3 अग्रणी देखिएको छ । मेक्सिको सिटीमा यो सवारी साझा यातायात सेवाका लागि प्रयोग भइरहेको छ भने, बैंककमा मोबाइल कफी वर्कशपको रूपमा उपयोग गरिएको छ । अफ्रिकी बजारका लागि सौर्य चार्जिङ किटसहितको संस्करण उपलब्ध गराइएकाले, विद्युत् पूर्वाधारको अभाव समाधान गर्न सघाएको कम्पनीको भनाइ छ ।

उत्पादन संरचना विस्तारको क्रममा डोङफेङले युरोपमा स्मार्ट सवारी प्रविधिमा केन्द्रित अनुसन्धान केन्द्र निर्माण गरिरहेको छ । दक्षिणपूर्वी एसियामा KD असेंब्ली प्लान्ट परीक्षणमा पुगिसकेको छ भने मध्य वर्षदेखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ । साथै, दक्षिण अमेरिकामा “ब्याट्री लिजिङ + सवारी-विद्युत् पृथकीकरण” मोडेल लागू गरिएको छ ।

यही सन्दर्भमा कम्पनीले सार्वजनिक गरेको नयाँ मोडल JF-06 ले पनि अन्तर्राष्ट्रिय बजारमा ध्यान खिच्न सफल भएको छ । “इन्टरस्टेलर जियोमेट्रिक” डिजाइन भाषामा निर्माण गरिएको यस मोडलमा तारामय प्रकाश प्रभाव दिने लाइट स्ट्रिप, २५६-रङ एम्बियन्ट लाइटिङसहितको ‘लाइट डोमेन ककपिट’ जस्ता अत्याधुनिक विशेषताहरू समावेश छन् ।

JF-S3 र JF-06 को डुअल मोडल रणनीतिद्वारा कम्पनीले A0 र A सेग्मेन्ट समेट्दै आफ्नो उत्पादन पोर्टफोलियो बलियो बनाएको छ ।

कम्पनीले आगामी दिनमा उत्पादन र बजार रणनीतिमा अझ सुदृढता ल्याउने योजना बनाएको छ । साना तथा उदीयमान बजारमा प्रवेश, स्थानीय साझेदारहरूसँग सहकार्य, र स्मार्ट प्रविधिमा आधारित उत्पादन तथा सेवा विस्तार कम्पनीको प्राथमिकतामा रहेको जनाइएको छ ।

डोङफेङ नामीले भविष्यमा आफूलाई विश्वव्यापी अग्रणी चिनियाँ नयाँ ऊर्जा सवारी ब्रान्डका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गरिरहेको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register