गृहमन्त्रीको राजिनामामै अड्कियो संसद्को गतिरोध, पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी !

काठमाडौँ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा नदिए र उनीमाथि छानविन नभए संसद् चल्न नदिने अडान लिएपछि सत्तापक्षले पेलेरै अघि बढ्ने तयारी गरेको छ । भिजिट भिसा प्रकरण सतहमा आएदेखि नै गृहमन्त्रीको राजिनामा माग्दै विपक्षी दलहरुले संसद्मा अवरोध गर्दै आएका छन् । आइतबार पनि संसद्को अवरोध हटाउन प्रतिनिधि सभाका […]

Jun 8, 2025 - 09:30
 0
गृहमन्त्रीको राजिनामामै अड्कियो संसद्को गतिरोध, पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी !

काठमाडौँ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा नदिए र उनीमाथि छानविन नभए संसद् चल्न नदिने अडान लिएपछि सत्तापक्षले पेलेरै अघि बढ्ने तयारी गरेको छ ।

भिजिट भिसा प्रकरण सतहमा आएदेखि नै गृहमन्त्रीको राजिनामा माग्दै विपक्षी दलहरुले संसद्मा अवरोध गर्दै आएका छन् ।

आइतबार पनि संसद्को अवरोध हटाउन प्रतिनिधि सभाका समाभुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर, छलफल निष्कर्षविहीन भएपछि सभामुख असन्तुष्ट बनेका छन् । यता सत्तापक्ष भने संसद्को गतिरोध नहटे पेलेरै संसद्को कारवाही अघि बढाउने तयारीमा छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसद् सञ्चालनमा विपक्षी दलहरुले असयोग गरे पनि संसद्को कारवाही नरोक्ने बताएका छन् । उनले संसद्को गतिरोध हटाउन आग्रह र पटक पटक छलफल गर्दा पनि विपक्षी दलले सहयोग नगरेको भन्दै अब सहयोग नगरे पनि पेलेरै संसद् सञ्चालन गर्ने बताएका छन् ।

विपक्षी दलहरुले भने गृहमन्त्री राजिनामा नदिएसम्म र गृहमन्त्रीमाथि छानविन नहुने भएसम्म संसद् चल्न नदिने अडान लिँदै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register