नेप्से प्रमुख कार्कीको पदावली सकियो, ‘आए, खाए, गए… बजारका लागि सिन्को भाँचेनन्’

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्कीको कार्यकाल सकिँदैछ । २०७८ माघ १७ गते मन्त्रिपरिषद् बैठकले नेप्सेको सिइओमा नियुक्त गरेका कार्कीको कार्यकाल यही शुक्रबार सकिन लागेको हो ।  कार्कीले नेप्सेमा आफ्नो तीन वर्षे कार्यकाल सकाएका हुन् । तर, नेप्सेमा तीन वर्ष बिताउँदै गर्दा उनले सेयर बजार र लगानीकर्ताका लागि भने खासै केही […]

Feb 5, 2025 - 03:48
 0
नेप्से प्रमुख कार्कीको पदावली सकियो, ‘आए, खाए, गए… बजारका लागि सिन्को भाँचेनन्’

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्कीको कार्यकाल सकिँदैछ । २०७८ माघ १७ गते मन्त्रिपरिषद् बैठकले नेप्सेको सिइओमा नियुक्त गरेका कार्कीको कार्यकाल यही शुक्रबार सकिन लागेको हो । 

कार्कीले नेप्सेमा आफ्नो तीन वर्षे कार्यकाल सकाएका हुन् । तर, नेप्सेमा तीन वर्ष बिताउँदै गर्दा उनले सेयर बजार र लगानीकर्ताका लागि भने खासै केही नगरेको लगानीकर्ताहरु बताउँछन् । 

नेप्सेको सिइओको नियुक्ति लिँदै गर्दा उनले बजार विकासका लागि नेप्सेको पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनको कार्यकालमा नेप्सेको पुनर्संचरना हुनुको साटो उल्टै नेप्सेको सिस्टममा समस्या नै समस्या देखिएको छ । सिस्टममा देखिएको समस्याका कारण लगानीकर्ताहरुले नेप्सेको विकल्पमा नयाँ स्टक एक्सचेञ्जको माग गर्दै आएका छन् ।

त्यस्तै, सिइओ कार्कीले डेरिभेटिभ प्रोडक्ट लन्च गर्ने र नेप्सेलाई अन्तराष्ट्रिय स्तरको एक्सचेञ्ज बनाउने बताएका थिए । तर कार्कीकै कार्यकालमा नेप्से झन् बिग्रिएको स्वयम् नेप्सेका कर्मचारीहरुले बताएका छन् । 

‘सिइओ सापको कार्यकाल खासै फलदायी भएन । काम नभएका होइनन् तर काम लाग्ने केही काम भएनन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै नेप्सेका एक कर्मचारीले भने, ‘उहाँ नेप्सेमा आउनुभयो, जागिर खानुभयो, अहिले जाँदै हुनुहुन्छ । तर सेयर बजार र लगानीकर्ताका लागि नेप्सेबाट जे हुनुपर्थ्यो/गर्नुपर्थ्यो, त्यो उहाँले गर्नुभएन ।’  

यसो त कार्की नेप्सेको सिइओ रहेकै बेला नेप्सेमा एउटा काम देखिने गरी भयो । नेप्सेले आफ्नो प्राङ्गढमा ‘चार्जिङ बुल’ को प्रतिमा राख्यो । तर, चार्जिङ बुल भन्दै नेप्सेले ‘बाछो’ बनाएर करोडौँ घोटाला गरेको आरोपसमेत लागेको छ । जुन बाछोको चर्चा अहिले पनि सेयर बजारमा चलि नै रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register